सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पालुङटार महासंघ गोरखाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

राजेश पौडेल
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पालुङटार महासंघ गोरखाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । वडा दशै तथा शुभ दिपावली एवं छट पर्वको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पालुङटार महासंघ गोरखाले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कालिदास सुवेदीले कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक वनहरुको नीति र विधान एउटै हुनुपर्ने कुनै जरुरी नभएको बताउनुभएको छ । उहाँले नेपाललाई सगरमाथाको देश, पानीको स्रोत धेरै भएको देश, भगवान बुद्धको जन्म भएको देश भनेर चिनिए जस्तै अब सामुदायिक वन धेरै भएको देश भनेर चिनिने बताउनुभएको छ । उहाँले पछिल्लो समय सामुदायिक वनको अध्यक्ष वन्ने र काठ वेच्ने काम मात्र बढेको भन्दै यस तर्फ सचेत हुनु पर्नेमा जोड दिनुयो ।
सोहि कार्यक्रमको विशेष अतिथि समेत रहनुभएको पालुङटार नगरपालिकाको उपप्रमुख पम्फा बसेलले सामुदायिक वन उपभोक्ता समितिहरुले विधान अनुसारको काम नगरेको बताउनुभएको छ । उहाँले आफुले पालुङटार नगरपालिका भित्र एक घर दुई आर्थिक महत्वको विरुवाको अवधारणा ल्याएको बताउनुभएको छ । सोहि अवसरमा उहाँले पछिल्लो समयमा भट्टाका लागि रुख काट्ने तर वृक्षारोपण नगर्ने गरेकाले यस तर्फ सचेत हुनु पर्नेमा जोड दिनुभएको छ । उहाँले जग्गा वाँझो राख्ने र वन जंगलमा डँडेलो लगाउने प्रवृति बढेकाले पानीका मुहानहरु सुकेर जाने खतरा समेत बढेर गएको बताउनुभएको छ । मान बहादुर देबकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सरिता कुमाल, मुक्ति तिमल्सिना, जुद्ध बिलास भण्डारी, बिवस चिन्तन, कमल लामिछाने, लिला राज खकुरेल, भवनाथ देबकोटा, रोशन राज पाण्डेय, रामबहादुर खड्का, वसन्त श्रेष्ठ, रुद्र खनाल, जनक भट्ट लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्वती पाठकले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker