पौवाटारमा प्रथम सांस्कृतिक कार्यक्रम सम्पन्न

रविन्द्र कंडेल, असोज ३०
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ६ को पौवाटारमा प्रथम सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान सम्पन्न भएको छ ।प्रगतिशिल युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा राष्टिय कलाकार प्रजापति पराजुली, सन्तोष दवाडी, गायक विष्णु खतिवडा, भावना रानाभाट, चर्चित मोडल तथा निर्देशक सुजन श्रेष्ठ लगायतकाको प्रस्तुतिले रौनकता छाएको थियो । कार्यक्रम संयोजक राजीव मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरपालिकाका प्रमुख इन्जिनियर दिपक बाबु कंडेलले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख कंडेलले विभिन्न समयमा हुने यस्ता साँस्कृतिक कार्यक्रमहरुले संस्कृतिको जगेर्ना हुनुका साथै स्थानीय प्रतिभाको समेत विकास हुने हुँदा निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । २९ गतेका दिन सम्पन्न भएको सो कार्यक्रमा विशिष्ट अतिथिको रुपमा वडा नं. ६ का वडाध्यक्ष गोविन्द वराकोटी रहनुभएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष बराकोटीले विभिन्न समयमा हुने यस्ता साँस्कृतिक कार्यक्रमहरुले संस्कृतिको जगेर्ना हुनुका साथै स्थानीय प्रतिभाको समेत विकास हुने हुँदा निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । जसमा प्रगतिशिल युवा क्लबका अध्यक्ष विष्णु आलेले कार्यक्रममा सहयोग पुर्याउनेहरु प्रति आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अधिक रुपमा स्थानीय कलाकारहरुको प्रस्तुति तथा मुग्लिनबाट ल्याइएको चुडका समेत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker