रियल मुनस्टारले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

रविन्द्र कंडेल, असोज ३०
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको रियल मुनस्टार बाल क्लब तथा युवा संगठनले बडादशैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विजया दशमीको सातौं दिन अर्थात फूलपातीको अवसरमा गरिएको सो कार्यक्रम रियल मुनस्टार बाल क्लबकी अध्यक्ष विवा वि.क.को अध्यक्षतामा सम्पन्न भएको थियो । पालुङ्टार नगरपालिकाकी कार्यपालिका सदस्य सावित्री वि.क.ले प्रमुख अतिथिको रुपमा बोल्दै बालबालिकाको मानसिक र शैक्षिक विकासमा समेत सांस्कृतिक कार्यक्रमहरुले सहयोग पुग्ने बताउँदै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा वडा नं. ७ की वडा सदस्य भगवती कुमालले मन्तव्य राख्नुभएको थियो । त्यस्तै सञ्चारकर्मी रविन्द्र कंडेलले बालबालिकाहरुले गरेको कार्यक्रमको प्रशंसा गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा खत्रीटार शहरी स्वास्थ्य केन्द्रकी प्रमुख विमला कंडेलले दशैंको बेला खानेकुरामा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनु सक्ने हुँदा मासु लगायतका खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै अन्य शुभकामना मन्तव्य राख्नेहरुमा सम्झना कुुमाल, सोविता कुुमाल, विनायक कुमाल, मैयाँ वि.क., किरण वि.क। लगायतका रहेका थिए भने कार्यक्रममा स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker