सांसद श्रेष्ठद्वारा पत्रकार महासंघमा अक्षयकोष स्थापना, आगामी वर्षदेखि प्रदान गरिने

तनहुँ समाचारदाता
दमौली , असोज २९ गते । प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले केवलबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार कोष स्थापान गर्नु भएको छ । आफ्ना स्वर्गीय बुबा केवलबहादुर श्रेष्ठको स्मृतिमा नेपाल पत्रकार महासङ्घमा अक्षय कोष स्थापना गर्नु भएको हो ।
सांसद श्रेष्ठले अक्षयकोष स्थापनाका लागि एक लाख रुपैयाँ नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यलाई सोमबार हस्तान्तरण गर्नु भयो । सो अवसरामा सांसद श्रेष्ठले पत्रकार समाजको ऐना भएकोले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सहयोग पुगोस् भन्ने हिसाबले आफूले सहयोग गरेको बताउनु भयो । साथै उहाँले पत्रकारको कलम सशक्त हुने भएकाले पत्रकारहरुले जिम्मेवारीपूर्वक पत्रकारिता गर्नुपर्नेमा सुझाव दिनु भयो । सांसद श्रेष्ठले महासङ्घको भवनका लागि आगामी दिनमा समेत आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले सांसद श्रेष्ठको सहयोगले पत्रकारिता क्षेत्रलाई जीवन्त राख्न सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर ४ का अध्यक्ष विश्वराज न्यौपाने, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रदीप काफ्ले, प्रकाशचन्द्र भट्टराई, फोनिज तनहुँका अध्यक्ष प्रताप राना, प्रेस युनियनका उपाध्यक्ष पवन पौडेल लगायतले उक्त सहयोग पत्रकारिता क्षेत्रमा कोशेढुंगा हुने बताउनु भयो । अक्षयकोषबाट प्राप्त हुने व्याजबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गरिनेछ । उक्त पुरस्कार असोज ९ गते स्व. केवलबहादुर श्रेष्ठको स्मृति दिवसको अवसरमा आगामी वर्षदेखि प्रदान गरिने महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker