जीवन ज्योतिमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

रविन्द्र कंडेल, असोज २४
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको जीवन ज्योति माध्यमिक विद्यालयमा शुभकामना आदान प्रदान तथा स्वागत एवं विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कक्षा १२ की छात्रा सञ्जिता सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा १२ की छात्रा बर्षा थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्याथीहरुलाई टिका तथा खादा ओढाएर स्वागत गर्नुका साथै गत वर्ष कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुलाई विदाइ समेत गरिएको थियो । सो अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै पालुङ्टार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रम प्रति खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डे, शिक्षकहरु तारा बहादुर कुमाल, रमेश खडका, कुमार राना, बाबुराम गैह्रे, सञ्चारकर्मी एवं मानवअधिकारकर्मी रविन्द्र कंडेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा शिक्षक तथा विद्यार्थीहरुको गीत, गजल, कविता, नृत्य तथा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सुरज थापा तथा दिपा कुमालले सञ्चालकको भूमिका निभाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker