माहात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा तनहुँमा मधुमेह रोगको निशुल्क स्वास्थ्य परिक्षण शिविर

तनहुँ समाचारदाता
डुम्रे , असोज २२ गते । माहात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार स्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा सोमबार मधुमेह रोगको निशुल्क स्वास्थ्य परिक्षण शिविर गरिएको छ । शिविरबाट ४ सय २० जना विरामी लाभाविन्त भएका छन् ।
शिविरमा सहभागीको मधुमेह रोगका पाँच जना विशेषज्ञ डाक्टर र भानु सामुदायिक स्वास्थ्यको स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण गरेका थिए । जना शिविर गान्धी ग्लोबल फेमिली नेपाल, नेपाल–भारत मैत्री जनजागरण अभियान र नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घ सयुक्त आयोजनामा गरिएको हो । शिविरको संयोजन भानु नगरपालिका र लायन्स क्लब अफ काठमाडौं , सिम्रिक ग्रुपले गरेको छ । शिविर भारत सरकारको आर्थिक सहयोगमा गरिएको हो ।
शिविरमा मधुमेहका विरामीहरुले इन्सुलिन बाहेकका ६ महिना सम्मको लागि निशुल्क औषधी दिईएको थियो । शिविरमा रोग लाग्नु को कारण , लागे पछि के गर्ने , कस्तो औषधी सेवन गर्ने आदिका बारेमा विरामीलाई सचेतना दिईएको थियो । शिविरको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वन मन्त्री शङ्कर भण्डारीले उद्घाटन गर्नु भयो सो अवसमा भण्डारीले जनताको सहज उपचारको लागि स्थानीय स्तरमा रहेका स्वास्थ्य केन्द्रहरुलाई अस्पतालको रुपमा स्तरउन्नती गरी सेवा प्रदान गर्नु पर्ने बताउनु भयो । साथै भण्डारीले ग्रामिण क्षेत्रमा शिविरको अयोजना गरिएकोमा आयोजकलाई धन्यवाद दिनु भयो ।
कार्यक्रम भानु नगरपालिकाका मेयर उदयराज गौलीको अध्यक्षतामा भएको थियो । सो अवसरमा नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल , नेकपाकी जिल्ला नेता ओमकुमारी पौडेल , नेपाल–भारत मैत्री जनजागरण अभियान र नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घका अध्यक्ष सुर्य भुसाल , भानु सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष नविनराज दाहाल , भानु नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत ऋषीभक्त वाग्ले लगायतले शहरी नभई ग्रामिण क्षेत्रमा समेत सुगर रोगको प्रभाव बढ्दै गएकोले व्यापक जनचेतना पैmल्याउनु पर्नेमा जोड दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker