प्रहरी दिवसमा दौड प्रतियोगिता

तनहुँ समाचारदाता
दमौली , असोज २२ गते । ६३औँ प्रहरी दिवसको अवसरमा व्यास नगरपालिका–५ पाटनमा सोमबार खुल्ला दौड प्रतियोगिता गरिएको छ । प्रतियोगितामा महिलातर्फ प्रहरी जवान आरती दर्जी प्रथम हुनु भएको छ ।
त्यस्तै पुरुषतर्फ प्रहरी जवान बलबहादुर मुखिया प्रथम भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रतियोगितामा पुरुषले ४ किलोमिटर र महिलाले ३ किलोमिटर पार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भयो । प्रतियोगितामा ६० जना पुरुष र १५ जना महिला प्रहरी तथा कर्मचारीको सहभागीता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker