तनहुँ समाज हङकङले गर्याे अपाङ्गता भएका बालबालिकालाई सहयोग सामाग्री हस्तान्तरण

तनहुँ समाज हङकङले जिल्लाका विभिन्न स्थानका विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।
व्यास नगरपालिका –१ खकौली स्थित बृद्ध दाहाल प्रथामिक विद्यालय अन्तर्गतका ४ स्रोत केन्द्र, व्यास १३ बेलबास स्थित सिद्धबेनी आधारभुत विद्यायल, व्यास नगरपालिका– ५ साँगेको सिन्धु प्राथमिक विद्यालय, व्यास ४ बाघभञ्याङ स्थित वेदव्यास प्राथमिक विद्यालय, व्यास नगरपालिका २ अमरापुरीको जनसेवा प्राथमिक विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । यसै गरी समाजले व्यास– ६ शिशाघाटका महेन्द्रज्योती मावि , शुक्लागण्डकी १ सेरावेशी स्थित अन्तर्राष्टिूय युवा बर्ष आधारभूत विद्यालय र शुक्लागण्डकी २ स्थित स्थानथोक प्राथमिक विद्यालयका अपाङ्गता भएका र विद्यालयमा आवासिय रुपमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुका आवश्यक अनुसार सहयोग सामाग्री हस्तान्तरण गरिएको तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले जानकारी दिनु भयो ।
विद्यालयसँग समन्वय गरी विद्यार्थीका आवश्यक अनुसार ९५ हजार बराबरको स्टेशनरी सामाग्री,फर्निचर, सिरक, पर्दा लगायतका सामाग्रहरु विद्यार्थीहरुलाई वितरण गरिएको थियो । उक्त सामाग्रीहरु वितरण गर्दै तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले समाजका तर्फबाट गरिएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । समाजले हङकङमा आयोजना गरेको पहिलो, दोस्रो र तेस्रो बाराही साँझबाट प्राप्त रु १० लाख रकमबाट गण्डकी विकास बैक दमौलीमा स्थापना गरेको अक्षयकोषको व्याजबाट जिल्लाका १२ वटा स्रोत केन्द्रमा सहयोग सामग्री वितरण गरिएको सो अवसरमा जानकारी दिईएको  थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker