भानु सामुदायिक स्वास्थ्य केन्द्रमा निशुल्क मधुमेह रोगको स्वास्थ्य परिक्षण हुने

तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार स्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा 22 गते निशुल्क मधुमेह रोगको स्वास्थ्य परिक्षण शिविरको तयारी पुरा भएको छ । शिविरको आयोजकमा गान्धी ग्लोबल फेमिली नेपाल, नेपाल–भारत मैत्री जनजागरण अभियान र नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घ रहेको छ । शिविरको संयोजन भानु नगरपालिका र लायन्स क्लब अफ काठमाडौं , सिम्रिक ग्रुप रहेको छ । शिविरको भारतीय दुतावासकी प्रतिनिधी समैयाले उद्घाटन गर्नु हुने आयोजकले जनाएको छ ।
आयोजकले जनाएको छ । आयोजकका अनुसार शिविरमा मधुमेहका विरामीहरुले इन्सुलिन बाहेकका ६ महिना सम्मको लागि निशुल्क औषधी दिईने भएको छ । मुधमेह रोगको बारे सचेतना पैmलाउने उद्धेश्यले शिविर गरिएको नेपाल–भारत मैत्री जनजागरण अभियान र नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घका अध्यक्ष सुर्य भुसालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker