मदनकृष्णले तनहुँ वासीसँग दुःख , सुख साँटे

तनहुँ समाचारदाता
दमौली , असोज २० गते । विरामी अवस्थाबाट तङ्ग्रिदै गर्नु भएका कलाकार मदनकृष्ण श्रेष्ठले शनिबार तनहुँवासीसँग आफ्नो दुःख र सुखबारे बताउनु भयो । मदनकृष्णसँग उहाँको आत्माको कथा महको म हस्तारक्ष गरेर लिने र फोटो खिच्नेहरुको भीड लागेको थियो । ‘यहाँको हातमा मेरो जिन्दगी छ निरन्तर माया माया, प्रेरणा, साथ र सहयोग एवं शुभेच्छा र सल्लाहले मेरो यात्रा यहाँ सम्म आएको छ । ’ कार्यक्रममा मदनकृष्णले भन्नु भयो ।
कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपाने मदनकृष्ण हिमाल जस्तै अग्लो मानिस , खुला किताब त्यती मात्रै नपुगेर आत्मबृतान्तमा प्रकाशित भए पछि सार्वजानिक जीवन मात्रै नभई व्यक्तिगत जीवन पनि खुला किताब भएको उल्लेख गर्नु भयो । ‘मैले धेरै आत्मकथाहरु पढेको छु त्यसमा धेरै जसोमा आत्मप्रशंसा गर्छन् , बढाई÷चढाई गरी लेख्ने गरेको पाएको छु तर मदनकृष्णमा त्यस्तो छैन ’ साहित्यकार न्यौपानेले भन्नु भयो । लोकतान्त्रिक आन्दोलनको धरोहर मदनकृष्ण भएको उल्लेख गर्दै न्यौपाने नेताहरुले जस्तो पदको लोभ नगरेको र कुनै पनि पाटीमा आबद्ध नभएको बताउनु भयो ।
मदन कृष्णले न्यौपानेको भनाई प्रति लक्षित गरी आपूm हिमाल जस्तो अग्लो नभएको सामान्य मानिस र साढे पाँच फुट मात्रै अग्लो रहेको बताई रहँदा साहित्यकार न्यौपानेले ‘कर्मले मदनदाई हिमाल जस्तो अग्लो हुनुहुन्छ भन्नु भयो । मानिस साधरण र सरल तरिकाले जीवन जीउँदा मनमा आनन्द लाग्ने मदनकृष्णले बताउनु भयो । कार्यक्रममा तिमी जून जस्तै लाग्छ प्यारो ………बोलको लगायतका गीत मदनकृष्णले गाउनु भएको थियो । उहाँले भावुक तथा रमाईला गीतले दर्शकको मन जित्न सफल भएको भयो । वाद्य वाद्यन सहितको लाईभ गीतमा धेरै जसोमा वान्समोरको माग आयो । कार्यक्रममा दर्शकको उत्साहजनक भीड लाग्दा उत्साह मिलेको कार्यक्रमको चाँजोपाँजो मिलाउनु भएका साहित्यकार राजु दाहालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker