पश्चतापको आशुँ

—बिबेक ल्वागुन र पुजन कोईराला

खाडी मुलुक कतारको एउटा फराकिलो कोठा जसमा म लगाएत सात आठ जना नेपालीको कष्टकर बसाई । सबैको उस्ता उस्तै मिल्दा जुल्दा दुख,पिडा,कथा,सपना । खाडी मुलुकमा आम नेपालीले पाउँने दुख र कष्टको रोइला त के गाउँनु र खै तर जब मान्छेले धेरै दुख पाउछ नि तब आफ्नो बिगतका सबै भुल र गल्तिहरु सम्जन थाल्छ, एकाएक । अनि भन्छ, मैले बिगतमा त्यस्तो नगरेको भए आज म दुखमा पिल्सिनु पर्ने थिएन । हो आज म यहि पस्चतापको आगोमा जलिरहेछु । नपढ्नु मेरो गल्ति हो । पढ्नु पर्ने समय मैले हासखेल र मनोरञ्जनमा बिताए । जब मलाइ पढ्नु पर्छ भन्ने ज्ञान भयो तब समय निकै अगाडि र म निकै पछाडि पुगिसकेको थिए ।जब हामी भुतकाल कस्तो भयो ? र भबिस्यकाल कस्तो बनाउने? भन्ने कुरा बिचार्दैनौ नि तब बर्तमानको कुनै औचित्य रहदैन । हो, मैले पनि यो औचित्यहिन जीवन यो खाडीको पचास डिग्री तापक्रममा बाचिरहेको छु । बिगतमा भुत र भबिष्यको खासै वास्ता भएन बर्तमानमा रमाए । बिध्यालयको सँसार भन्दा बाहिरी सँसार नै मेरो लागि प्रिय थियो जहाँ छेणिक मनोरञ्जन बाहेक केहि थिएन । भुतकाल र भबिष्यको कुनै आकलन नै नगरि बर्तमानमा रमाउनु नै मेरो जीवनको सबै भन्दा ठुलो गल्ति भएको छ । जुन कुरा यो खाडिको दुखले सिकाएको छ। समय निकै अगाडि घर्कि सकेको छ। मलाई मेरा पस्चातापका आँसुहरुले पोलिरहेको छ।म सँग पछुताउनु वाहेक कुनै बिकल्प पनि त छैन् ।सम्झन्छु त्यो पल जब बा ले भन्नु भएको थियो बाबु हामीले त पढ्न पाएनै त्यसैले दुख पायौँ। तर तैले चाहिँ राम्ररि पढ्नु पर्छ बाबु स्कुल जानु पर्छ,पढेर ठुलो मान्छे हुनु पर्छ,भनेर सम्झाउँदा उल्टो बा’ले भनेका कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउदै हिडेको म ।अहिले लाग्छ बा’ले मेरै लागि भन्नुभएको थियो । गाउँमा कोहि नयाँ मान्छे आएर मेरा बा’लाई कति पढ्नु भा’छ भनेर सोध्दा बा’ले प्रतिउत्तरमा मन अमिलो बनाँएर खिस्स हाँस्दै कालो अक्षर भैसि बराबर भन्नुहुन्थो सायद त्यहि पिडाले होला बा’ले लाख कोसिस गरेर ,मलाई बिध्यालय पठाँउन खोज्नु हुज्नुभएको । केही खराब साथिका सँगतले ,क्षणिक रमाईलो मा हिडेको म,आफन्नो भबिष्य आफैले अन्धकार तीर धकेलेको पत्तै नै भएन ।

भर्खर सत्र कटेर अठारमा टेकेको म , आज कलिलै उमेरमा ठुलो जिम्मेबारि बोक्नु परेको छ मैले । “छोराले राम्ररी पढेर हामिलाइ बुढेस्कालमा हेर्छ ।” भनेर बिध्यालय पठाउनु भएको थियो तर छोरो बिगे्रको थाहा पाएपछि के गरुन् त मेरा आमा बुबा । उमेर बढाएर नागरिकता निकालि ,पठाइदिनु भयो खाडि मुलुक , छोरा सप्रन्छ कि भन्ने झिनो आशमा । यो कलिलो उमेरको दुखले धेरै कुरा सिकाएको छ । अब म फेरि त्यहि समयमा पुग्न सक्दिन । समय निकै अगाडि बढिसकेको छ ।
मेरो जिवनमा जे जस्तो घटना घटे सबै मेरै कारणले घटे अनि यसको भागिदार म आफै भएँ । जे ंनहुनु थियो त्यहि भयो । अब पस्चताप गरेर केही हुदैन । अबको जिन्दगि खुसि भएर बाच्न चाहन्छु , बिगतका सारा गल्तिहरु भुलेर । अबका मेरा बाकि जिवन सफल बनाउन चाहन्छु । कुनै समय मेरो हजुरबुबाले भन्नुभएकोे थियो , “ लक्ष्यमा पुगेका मानिसहरुको कदम पछ्याउदै पछ्याउदै गएमा आफु पनि लक्ष्यमा पुगिन्छ । ति कदमसँगै हिड्ने पाइलाले नै सफलता भेट्छन् । जसरि समुन्द्रमा पुग्न सारा नदिहरु सँगै हिड्छन ।
समुन्द्र नै नदिहरुको सफलता हो । ” प्रतिउत्तरमा म भन्छु “तर हजुरबुबा कति पानिहरु न्दि देखी छुटीएर बग्छन् । के तिनिहरुले कहिल्यै सफलता भेट्दैनन् ?
यस बेलाको हजुरबुबाको जबाफ निकै सानदार लाग्यो मलाई ।
उहाले सान्त स्वरमा भन्नुभयो , “अबस्य भेट्छन् बाबु , यदि तिनिहरुले बगरमा आएर फुल फुलाउन सके भने , उजाड वनलाइ स्वच्छ र हरियालि बनाउन सके भने । यदि पानि वाफ बनेर फेरि आकास मै गयो भने पानिको कुनै पनि औचित्य रहदैन धर्तीमा झर्नुको । अनि अर्को कुरा बाबु , पानिले कहिल्यै मरुभुमिमा झर्नु हुदैन । किनभने धर्तीलाइ रंगिन बनाउन झरेका पानि , मरुभुमिको तापको कारणले बिबस हुन्छ, औचित्यहिन हुन । पानिले खराब संगतका कारण सफलता भेटाउन सकेन । मरुभुमि खराब संगत हो पानिका लागि ।” हो म पनि सफलताको बाटो छोडेर नदिबाट मरुभुमिको बाटो हिडेको पानि जस्तै हो । अब फर्किएर नदिमै जान सक्दिन । तर हजुरबुबाले भन्नुभए जस्तै , कुनै बगरमा गएर फुल फुलाउन चाहन्छु , उजाड जंगल हराबरा बनाउन चाहन्छु । तर मलाइ यो डर छ कि कुनै बगरमा नपुग्दै सूर्यको तातो किरणले मलाइ बाफ नबनाओस् , कुनै जंगल नपुग्दै मेरो देबसाहन नहोस् ।

बिछ्यौनामा पल्टिएको छु , आखाहरुले झिमिक्कै गरेनन् । सायद अब कुनै सपना देख्न चाहदैनन् होला मेरा निर्दोष नयनहरुले ।
रिस , तनाब , असन्तुष्टि , निरासा सबैले एकैपटक आक्रमण गरे,मलाइ ।
न चिच्याउन सकिन्छ ,
न रुन नै ,
हास्न मन छैन ।
अब जिवनमा खासै ठुला सपनाहरु त छैन । बिगतका घटना देखि पस्चाताप पनि छैन । अब यो खाडीको मुलुकमा पनि कति बस्नु र खै । तर यो खाडीको दुखले ,सङ्घर्ष के हो ? जीवन के हो ? दुख के हो ? सिकाएको छ । अब फर्कनु छ आफ्नै स्वर्ग जस्तो देशमा । अब बगाउनु छ पसिना त्यहि स्वर्गमा अनि पुरा गर्नु छ आमा बा को अधुरा र टुटेका सपनाहरु । मलाइ बिदाइ गर्दा आमाले लगाएको फाटेको चोलि र बा ले लगाएको स्टकोट झनै फाटिसक्यो होला तर मलाइ बिश्वास छ आमा बा को म प्रतिको आशा , भरोसा र माया अझै फाटेको छैन । हिजो बा लाइ छोराले बेलामा बुद्दी पुराएन , अहिले खाडीमा दुख पा’छ , भन्नेहरुलाइ देखाउनु छ केहि उदाहरणिय काम गरेर । आमा बा’ले हिजो बिदाइ गर्दा झरेका आशँुका बाधहरुलाइ हर्षको आशुँमा परिणत गर्नु छ । मैले जीवनमा अनगिन्ती गल्तिहरु गरेँ, कयौँ पटक पिडाबाट गुजे्र , आज तिनै गल्ति र पिडाहरु मेरो जीवनको उत्कृष्ट गुरु भएका छन् र यिनैले मलाइ जिन्दगिको पाठ पढाएका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker