भुकम्प पिडितको दशैंमा नयाँ घरमा बस्ने धोको अधुरै

अमरराज नहर्की
तनहुँ , असोज १९ गते । तनहुँका अधिकांश भुकम्प पीडितको नयाँ घरमा बस्ने धोको पुरा हुन सकेको छैन । घर बन्न नसक्दा दशैं , तिहार जस्ता ठुला पर्व खल्लो हुन पुगेको छ । अधिकांश अव्यवस्थित तथा सुकुम्बासीले घर पुर्न निमार्ण शुरु गरेका छैनन् ।
तनहुँमा पूर्ण क्षती भएका घर मध्ये थोरै सङ्ख्याले मात्रै पुनर्निर्माणको काम पुरा गरेका छन् । १३ हजार ८ सय २१ वटा पुर्ण क्षती भएका घर मध्ये १ सय ६१ जनाले निर्माण पुरा गरी तेस्रो किस्ताको अनुदान लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँले जनाएको छ । इकाईका नायव सुब्बा रामहरी खनालले दिनु भएको जानकारी अनुसार जिल्लामा पूर्ण र आंशिक चार सय ६६ गरी १४ हजार २ सय ८७ लाभग्राही रहेका छन् जसमा पहिलो किस्ता १३ हजार ४४ जनाले लिएका छन् ।
दोस्रो किस्ता ३ हजार ८ सय ९७ लिएका छन् । हाल सम्म पहिलो , दोस्रो र तेस्रो गरी १ अर्ब २५ करोड २८ लाख ५० हजार अनुदान वितरण भई सकेको इकाईले जनाएको छ । इकाईका अनुसार तनहुँको चार वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १० वटा स्थानीय तहमा सबै भन्दा बढी क्षती भानु नगरपालिकामा भएको छ भने सबैभन्दा कम घिरिङ गाउँपालिकामा रहेको छ । भानुमा पूर्ण ४ हजार २ सय १९ र आंशिक ७५ गरी ४ हजार २ सय ९४ वटा घरमा क्षती पुगेको छ । भुकम्पबाट घिरिङ २ सय ५४ घरमा पूर्ण क्षेती भएको छ । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न नसक्दा भानु नगरपालिकाका भुकुम्प पीडित सुकुम्बासीले घर बनाउन नसकेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समितिका भानुका अध्यक्ष कालबहादुर तामाङले जानकारी दिनु भयो । उनिहरु घर बनाउन नसक्दा चाड पर्व खल्लो हुन पुगेको बताउनु हुन्छ ।
अनुदान रकम थोरै हुनु , आवश्यक काठ महंगीले किन्न नसक्नु , सुकुम्बासी तथा अव्यस्थित वासिन्दाको लागि बनेको व्यवस्थित बसोबास आयोग निष्कृय हुनु जस्ता कारणले अधिकांशको घर बन्न नसकेको अध्यक्ष तामाङ बताउनु हुन्छ । समितिकी अभियान्ता तथा नेपाल कम्प्युनिष्ट पार्टी जिल्ला नेतृ ओमकुमारी पौडेल सुकुम्वासी तथा अव्यस्थित बसोबासीको लागि आयोग सक्रिय नहुँदा सम्म तत्कालै समाधान गर्ने गरी नियम बनाउन सरकारलाई आग्रह गर्नु हुन्छ । उनिहरुको घर बनाउनको लागि जग्गा खरीदको लागि सरकारले दिने दुई लाखमा जग्गा खरिद गर्न नसकेकाले घर निमार्ण कार्य रोकिएको बताउनुहुन्छ । लालपुर्जा नहुँदा उनिहरुले घर बनाउन नसकेको हुँदा तत्काल समस्या समाधानको लागि उनिहरु आबद्ध भएको टोल , सस्था , खानेपानीको बिल आदिको आधारमा सुरक्षित स्थानमा घर बनाउन वास्तविक सुकुम्मबासीलाई अनुमती दिनु पर्ने बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker