बलात्कार बिरुद्ध हस्ताक्षर अभियान

तनहुँ समाचारदाता
दमौली , असोज १९ गते । जाऔं युवा नेपालले देशमा पछिल्लो समय बढ्दै गरेको बलात्कारका घटनाका बलात्कारीलाई कडा कारर्वाहीको माग गर्दै हस्ताक्षर अभियान शुरु गरेको छ । दमौलीको अनसनचोकबाट अनुहारमा बलात्कार बिरोधी फेस पेन्ट सहित शुरु भएको ¥यालीका साथ हस्ताक्षर सङ्कलन गरिएको छ ।
बढ्ढो घटनाका दोषीलाई कडा कारर्वाही नहुदाँ बलात्कारका घटना दिनानुदिन बढ्न थालेकाले बलात्कार घटनाका दोषीलाई कारर्वाही गर्न सरकारलाई दबाब दिन हस्ताक्षर अभियान सहित बलात्कार बिरोधी ¥यालीको आयोजना गरिएको जागौं युवा नेपालका अध्यक्ष समुन्द्र पौडेलले जानकारी दिनु भयो ।
करिब ४५ मिनेटसम्म दमौलीको मेनचोकमा संकलन गरिएको हस्ताक्षर संकलन अभियानमा दुई सय भन्दा बढि सर्वसाधारणले सहभागिता जनाएको जागौं युवा नेपालका सचिव सागर घिमिरेले जानकारी दिनु भयो । संकलित हस्ताक्षरलाई शुक्रबार तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाईको छ ।
बलात्कार बिरुद्धको अभियानमा बालबालिका, युवा र बृद्धबृद्धाको सक्रियताका साथ हस्ताक्षर गरेर बलात्कारीलाई कडा कानुनी कारर्वाही हुनुपर्ने कुरामा ऐक्यबद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker