क्रिस्चियन समाजले गर्यो गोरखाको च्याङलीमा प्रार्थना सभा तथा साँस्कृतिक कार्यक्रम

रविन्द्र कंडेल, असोज १७
गोरखाका पालुङटार नगरपालिकाको वडा नं. ७ विरुवाटारमा आज क्रिस्चियन समुदायको आयोजनामा प्रार्थना सभा तथा साँस्सकृतिक कार्यक्रम सम्पन्न  भएको छ । कार्यक्रम IFGF र पालुङ्टारका स्थानीय मण्डलीहरुको आयोजनामा सम्पन्न भएको सभामा गायिका अञ्जु पन्तले आफ्ना प्रस्तुतिहरु राख्नुभएको थियो भने कार्यक्रममा प्रार्थना गर्न गोरखाका विभिन्न स्थानहरुबाट क्रिस्चियन समुदायहरु उपस्थित भएका थिए । सो प्रार्थना सभालाई सम्बोधन गर्न नेपालका विभिन्न स्थानहरुका साथै अन्तराष्टिय स्तरका व्यक्तित्वहरुलाई समेत आमन्त्रण गरिएको थियो ।  कार्यक्रममा स्थानीय कलाकारहरूकाे समेत प्रस्तुती रहेकाे थियाे ।   बिरुवाटारको खेलमैदानमा गरिएको क्रिस्चियन समुदायको यो कार्यक्रम शायद यस क्षेत्रकै पहिलो खुला कार्यक्रम रहेको स्थानीयहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker