पालुङटारमा शिक्षा ऐन तथा यसले विद्यालयमा पारेको प्रभावको विषयमा छलफल कार्यक्रम समपन्न

राजेश पौडेल,  पालुङटार
पालुङटार नगरपालिकामा शिक्षा ऐन तथा यसले विद्यालयमा पारेको प्रभावको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल शिक्षक संघठन र नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा पालुङटार नगरपालिकाले ल्याएको शिक्षा नितिमा त्रुटी रहेको र विषय विशेषज्ञ तोक्ने प्रक्रिया गलत भएको प्रसंगमा स्थानिय नेताहरुले धारणा राखेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी निकट वडा अध्यक्षहरुले पालुङटार नगरपालिका सिष्टममा नचलेको र विद्यालय व्यवस्थापन समितिको चयन प्रक्रियामा कार्यपालिकाले तोकेको व्यक्ति भनेर निर्णय गरिएको र पछि त्यसमा परिमार्जन भई नगर प्रमुखले तोकेको व्यक्ति भनेर सच्चिएर आएकोमा आफुहरु समेत आश्चर्यमा परेको बताएका छन् । कार्यक्रममा बोल्ने अधिकांस शिक्षकहरुले नगरपालिकाले नगरपालिकाले शिक्षा ऐन ल्याउँदा अँध्यारो कोठामा बसेर शिक्षा ऐन ल्याएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । शिक्षकहरुले पञ्चायति व्यवस्थामा जस्तो सबै अधिकार नगर प्रमुखमा मात्र सिमित गरेको भन्दै आपत्ती जाएका थिए । लोकतन्त्रमा फरक रुपमा आएका बिचारहरुको सम्मान हुन नसक्नु गलत भएको भन्दै शिक्षा निति बनाउँदा २० औं वर्ष सम्म सेवारत शिक्षकहरुको अनुभवलाई कुल्चिएर नगरपालिकाले मनपरि गरेकोमा असन्तुष्टि  व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले शिक्षा नितिमा त्रुटी रहेको र यसलाई नगरपालिकाले समयमा नसच्याएमा कडा कदम चाल्नु पर्ने धारणा राखेका थिए । उनीहरुले पालुङटार नगरपालिकामा मनोपलि बढेर गएकोमा आक्रोश व्यक्त गरेका थिए । नगरपालिकाको कार्यशैलि प्रति आक्रोशित भएका उनिहरुले हुक्के, ठेउके र बैठके प्रक्रियाबाट कर्मचारी मनोनित गर्ने प्रक्रिया गलत भएको अभिव्यक्ति दिएका थिए । कार्यक्रमका बक्ताहरुले पालुङटार नगरपालिका करारका कर्मचारी राख्नमा गण्डकी प्रदेश भरिका स्थानिय तहहरुमा नै पहिलो स्थानिय तह भएको र सबै भन्दा धेरै प्राबिधिक भएर पनि बिकासको काम कम भएको नगरपालिका पालुङटार भएको बताएका थिए ।
कम्युनिष्टहरुको प्रतिस्पर्दी जनताका बैरी हुन्– नेता गुरुङ
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेता प्रेम गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्टहरुको प्रतिस्पदीहरु भनेका जनताका बैरी भएको बताउनुभएको छ । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानिय तहमा काङग्रेसले कर बढाएको र कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले कर बढाएको प्रचारबाजी गरेको भन्दै त्यस तर्फ सचेत हुनु पर्नेमा जोड दिनुभयो । उहाँले वर्ग विहिन समाज निर्माण गर्ने उद्देश्यका साथ लाग्ने पार्टीको सिपाहि भएको नाताले जनताको काम गर्न दृढता पूर्वक अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले नियत खराब भएका व्यक्तिहरु चुलो चौकोमा बस्दा समस्या आउने भन्दै पालुङटारमा देखा परेको शिक्षा नितिमा परिर्वतन गर्नु पर्ने बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पालुङटारका अध्यक्ष बलराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जुद्ध बिलास भण्डारी, बिबस चिन्तन, पालुङटार नगर उपप्रमुख पम्फा बसेल, टिकाराम श्रेष्ठ, शंकरराज कडेल, बसन्त श्रेष्ठ, लोकनाथ वाग्ले, प्रकाश न्यौपाने, बलराम थापा, बद्री पाण्डे, गोबिन्द खनाल, दामोदर देबकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker