बलात्कारीलाई फाँसीको माग गर्दे विप्लव निकटका विद्यार्थी सडकमा उत्रिए

दमौली १४ असोज । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन अखिल (क्रान्तिकारी )ले कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तका हत्यारालाई फाँसीको माग गरेको छ ।

अखिल (क्रान्तिकारी )ले २२ औं जिल्ला सम्मेललनको पूर्व सन्ध्यामा आइतबार दमौली रयाली निकाली पन्तका हत्यारालाई फाँसीको माग गरेको हो । बलात्कारको विरुद्धमा विद्यार्थी चर्को नाराबाजी समेत गरेका थिए ।
यसैबीच २२ औं जिल्ला सम्मेलनको उद्घाटन अनसनचोक स्थित खुल्ला मैदान गरिएको थियो । सम्मेलनको अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकालले उद्घाटन गरेका थिए । सम्मेलनको उद्घाटन गर्दे केन्द्रि अध्यक्ष ढकालले बुर्जुवा शिक्षा लाखौ नेपाली विद्यार्थी भविष्यको अन्यौलमा पार्ने काम भएको बताएका थिए । साथै अध्यक्ष ढकालले वर्तमान सरकारले शैक्षिक क्षेत्रमा कुनै परिवर्तन गर्न नसकेको भन्दै चर्को आलोचना गरेका थिए ।

सम्मेलनमा जिल्लाका विभिन्न विद्यालयबाट विद्यार्थीहरु सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker