सिजन कपको उपाधी सिद्धगुफाको पोल्टामा

 

डिपी अधिकारी डुम्रे, ०८

असोज तनहुँको भानु नगरपालिका–१ साझबोटे, कल्याणटारमा आयोजित सेभेन ए साईड खुल्ला प्रथम सिजन स्मृति कप फुटबल प्रतियोगिताको उपाधी सिद्धगुफा युवा क्लव बिमलनगरले हात पारेको छ । सोमबार भएको फाईनल खेलमा न्यु बुद्ध युवा क्लव भानु–१ नयाँबस्तीलाई ३–० गोल अन्तरले हराउँदै सिद्धगुफाले उपाधी उचालेको हो । एम वाई सी भोटेओडारलाई पछि पार्दै सिद्धगुफा र विकसित युवा क्लवलाई हराउँदै न्यु बुद्ध फाईनलमा पुगेका खेल उपसंयोजक राजन न्यौपानेले जानकारी दिनुभयो । उक्त प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानले युवाहरुलाई अनुशासित र संगठित बनाउँदै सामाजिक क्षेत्रमा सक्रिय बनाउन खेल क्षेत्र महत्वपूर्ण आधार बन्ने बताउनुभयो । त्यस्तै, विजेतालाई पुरस्कार वितरण गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्न गाउँपालिकाले प्राथमिकता दिएको र यस कार्यालाई प्रदेश र केन्द्रीय सरकारले पनि साथ दिनुपर्ने बताउनुभयो । क्लवका अध्यक्ष कृष्ण बहादुर पौडेलको अध्यक्षतामा आयोजित प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने सिद्धगुफाका जमिर मास्के, सर्वाधिक गोलकर्ता मुग्लिनका अमीर थापा र उत्कृष्ट गोल रक्षक विश्वास थापालाई पनि पुरस्कृत गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन स्व. सिजनका पिता डुम्रे निवासी मानकाजी श्रेष्ठले गर्नुभएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रहेको थियो । यस्तै, प्रतियोगितामा द्धितीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ रहेकोमा श्रेष्ठ इन्टर प्राईजेज भानु १ साजबोटेका डिल कुमार श्रेष्ठले प्रायोजन गर्नुभएको आयोजकले जनाएको छ । सडक दुर्घटनामा निधन भएका सिजन श्रेष्ठको स्मृतिमा स्थानीय सिजन युवा क्लबद्वारा आयोजित प्रतियोगितामा ४० टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker