भानु नगरपालिकाको वजेट सार्वजानिक , ढिलो गरी सार्वजानिक गरेकोमा नगरवासी असन्तुष्ट

अमरराज नहर्की
भानु , असोज ९ गते । तनहुँको भानु नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति बजेट तथा कार्यक्रम मङ्गलबार सार्वजानिक गरेको छ । ढिलो सार्वजानिक गरेकोमा नगरवासी असन्तुष्ट भएका छन् । भानु नगरपालिकामा मेयर र उपमेयर १ वटा वडा मध्ये ६ वटा नेपाली काँग्रेसले जित हासिल गरेपनि कार्यपालिकामा भने साविक एमालेको बहुमत रहेको छ । दुई पक्षबीच योजना छनोट विषयमा विवाद सृजना हुँदा समयमा नै नीति , बजेट तथा कार्यक्रम प्रभावित हुने गरेको नगरवासीको धारणा रहेको छ ।
कार्यक्रममा नेपाल कम्प्युनिष्ट पाटी नेकपाको केन्द्रीय लेखा आयोगका सदस्य विद्यानाथ ढकालले समयमा नै वजेट सार्वजानि नगर्दा जनप्रतिनिधीले राम्रो काम गरे नराम्रो छाप पर्ने बताउनु भयो । ढिलै भए पनि सहमतीमा वजेट आउनु राम्रो भएको बताउनु भयो । साथै ढकाले स्मार्ट सिटीको लागि संघिय सरकारले गोरखाको पालुङटार क्षेत्रलाई मात्रै समेटेकोले तनहुँ , लमजुङमा पनि विस्तार गर्न दबाब दिनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले नगरपालिकामा हाल आएर काम गर्न सहज हुँदै गएको बताउनु भयो । ‘हामीबीच भएका तित्तता हट्दै गएको , सबैको प्राप्त सुझाव र सल्लाहलाई मनन गरी अघि बढ्छौ’उपमेर थापाले भन्नु भयो । कार्यक्रममा कार्यक्रममा भानु नगरपालिकाका मेयर उदयराज गौलीले बहु वर्षिय योजनामा परेका सडकको लागि यस वर्ष केन्द्रीय सरकारबाट वजेट नआउँदा विकास प्रभावित भएको उल्लेख गर्नु भयो ।
सङ्घिय सरकारले ताकेको समयमा वजेट सार्वजानिक गर्न नसके विकासका कार्य प्रभावित हुने भए पछि दुवैपक्ष विच सहमती भएको थियो । प्राविधिकसहमती भएपनि नगर वासीलाई बजेट सार्वजानिक गरिएको थिएन । नगरवासीलाई जानकारी दिनको लागि मङ्गलबार सार्वजानिक गरिएको हो । सो अवसरमा नगरपालिकाले ७६ करोड ६७ लाख ६ हजार ६ सय १४ रुपैयाँको आय÷व्याय सार्वजानिक गरेको छ । केन्द्रीय सरकारबाट ४० करोड ८४ लाख मध्ये सशर्त अनुदान २७ करोड २६ लाख र समनीकरण अनुदान १३ करोड ५ लाख अनुमान गरिएको छ । त्यसै गरी राजस्व बाँडफाँडबाट ९ करोड २१ लाख ५१ हजार , अन्य अनुदान १ करोड ८१ लाख सात हजार सात सय ३० र गत वर्षको सङ्घिय संरचना तर्पmको खर्च हुन नसकी वाँकी रहेको नौ करोड ५२ लाख २७ हजार आठ सय रुपैयाँ नगरपालिकाको आन्तरिक आय तीन करोड एक लाख , अन्य विभिन्न निकायबाट प्राप्त हुने समपुर अनुदान ८५ लाख गरी ७६ करोड ६७ लाख ८६ हजार ६ सय १४ रुपैयाँको आय हुने नगरपालिकाले जनाएको छ ।
वजेटमा आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक केन्द्र विन्दु बनाउने , चुँदी रम्घा खातीथोक , रानागाउँ , दोरदोर र भकुन्थोक क्षेत्रलाई फिल्म सिटी बनाउन पहल गर्ने , निशुल्क तथा अनिवार्य शिक्षा आधारभूति शिक्षालाई सुनिश्चित गर्दै विद्यालय वाहिर रहेका सबै बालबालिकालाई विद्यालय शिक्षाको मुल धारमा समाहित गरिने उल्लेख गरिएको छ । यसै गरी सबै नागरिकको स्वास्थ्यमा पहूँच पु¥याउन नगरपालिका भित्र रहेका स्वास्थ्य इकाईलाई स्वास्थ्य चौकी , स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा, प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्पिटलको रुपमा स्तरउन्नती गर्दै लैजाने जनाईएको छ । सडक स्तरउन्नती , शिक्षा , कृषि क्षेत्रलाई नगरपालिकाले प्राथमिकता दिएको छ । नगरालिका भिमत्रका प्लाष्टिक जन्य फोहोरहरुलाई जलाउन र फाल्न नदिई वातावरण मैत्री दिगो व्यवस्थापन गरिने , ३ नम्बर वडामा रहेको दोरदोरमा उद्योग ग्राम निमार्णमा पहल गरिने ,धार्मिक साहित्यिक एवं सास्कृति पर्यटनको विकास गरी आन्तरिक र वाह्य पर्यटक भित्राई आर्थिक क्रियाकलाप बृद्धि गरिने कार्यक्रममा राखिएको छ । वजेट सार्वजानिक कार्यक्रम मेयर गौलीको अध्यक्षमा भएको थियो । नेकपाका नेताहरु ओमकुमारी पौडेल , ऋषीराम पन्त , गिता शाही , नेपाली काँग्रेसका नहकुल अधिकारी , समाजसेवी नविनराज दाहाल ,लगायतले प्राप्त सुझाव र सल्लाह अनुसार काम हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रदेव पाण्डेले वजेट ,नीति तथा कार्यक्रम तर्जुमाका प्रमुख नीति तथा आधारबारे जानकारी दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker