पालुङटारमा नेपाली कांग्रेसको पार्टी प्रशिक्षण जारी

असोज ७, पालुङ्टार
पालुङ्टार कांग्रेसले पार्टी प्रशिक्षणको कार्यक्रमलाई जारी राखेको छ । केही दिनअघिदेखि जारी प्रशिक्षण कार्यक्रम अन्तर्गत आज वडा नं. ७ र ८ का अगुवा कार्यकर्ताहरुका लागी वडा नं. ७ च्याङ्लीको बिरुवाटारमा प्रशिक्षण सम्पन्न भएको छ । नेपाली कांग्रेसकी केन्द्रिय नेतृ कमला पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षणमा बोल्दै नेतृ पन्तले नेपालमा भएको सवै नगरपालिकाहरुमध्ये उत्कृष्ट नगरपालिका रहेको र विकासको धेरै सम्भावना रहेको समेत बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस पालुङटारका सभापति दिपकबाबु कंडेलले आफूले यस नगपलिकालाई सम्बृद्ध बनाउनका लागी सक्दो पहल गर्ने बताउनुभयो । साथै विकास निर्माणका कार्यमा सिस्टमेटिक तरीकाबाट आउनसमेत सवैमा आग्रह गर्नुभयो । कार्यक्रममा पार्टीका समग्र गतिविधी सहित पार्टी कार्यकर्ताहरुलाई नेपाली कांग्रेस का संगठन विभाग प्रमुख विमल ढकाल र अमर धितालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा वडा नं. ७ र ८ का गरी ६० जना भन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यसअघि ५ गते वडा नं. १ र २ को प्रशिक्षण कार्यक्रम खोप्लाङको चापाघाटमा , ६ गते वडा नंं. ३को डुम्रीडाँडामा र वडा नंं ४ र ५ को तल्लोफाँटमा ७ गते वडा नं. ६ को पूर्थोकमा पनि प्रशिक्षण सम्पन्न गरेको कार्यक्रम सञ्चालिका राधा पन्थीले जानकारी दिनुभयो । त्यस्तै गरी ८ गते वडा नं. ९ र १० को प्रशिक्षण शेरामा हुने समेत उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker