मोटरसाइकल, स्कुटरलाई पाँच लिटर, कार, भ्यान, लाई १५ लिटर पेट्रोल

काठमाडौं, ५ असोज । सरकारले इन्धन वितरणमा कोटा प्रणाली तोकेको केहि समय पछि इन्धन बोकेका ट्यांकरहरु काठमाडौंका लागि छुटेका छन् । अमलेखगञ्ज र भैरहवाबाट ३० वटाभन्दा बढी पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु काठमाडौंका लागि गुडेका हुन् ।

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव भएपछि स्थानीय प्रशासनले व्यवासयी र आन्दोलनरत टंयाकर चालकहरुसँग सहमति गरेर इन्धन राजधानी ल्याउन लागिएको बताइएको छ ।

यसैबीच नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सरकारी विभिन्न निकायका चालकहरू मार्फत इन्धन ढुवानी सुरू गरिएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मुलुकी अपराध संहितामा दुर्घटनामा कसैको ज्यान गए १० वर्षसम्म कैद सजाय र जरिवाना वा दुवै सजाय हुने प्रावधानको विरोध गर्दै यातायात मजदुरहरूले सेवा ठप्प पारेसँगै ट्यांकर चालकहरुले आपूर्ति ढुवानी बन्द गरेका थिए । जसका कारण काठमाडौंमा इन्धन अभाव देखिएको थियो ।

निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन निर्देशन दिइएको छ ।

यस्तै अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।

एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न भनिएको छ ।

यो कोटा प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि लागु गरिने निगमले जनाएको भए पनि अब इन्धन बोकेको टंयाकर काठमाडौंतर्फ आएसँगै पेट्रोलियम पदार्थ सहज हुने देखिन जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker