दक्षिण एसियाकै ठुलो सिद्ध गुफाको प्रसार प्रसारको लागी गुफा भित्र कवि गोष्ठी

अमरराज नहर्की
डुम्रे , असोज ५ गते । बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित दक्षिण एसियाको ठुलो सिद्ध गुफाको प्रचार प्रसार गरी पर्यटन प्रबद्धनको लागि बृहत कवि गोष्ठी तथा चित्रकला प्रतियोगिता एवं क्षेत्रप्रताप स्मृति पुरस्कार–२०७५ घोषणा हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहँुँको आयोजना शनिबार कार्यक्रम हुने भएको हो । कार्यक्रम बन्दीपुर गाउँपालिकाको प्रबद्र्धनमा बिमलनगर सिद्धगुफा गुफा विकास समिति र बिमलनगर सामुदायिक होमस्टेको सहयोग कार्यक्रम निर्णय भएको आयोजक मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनु भयो ।
दक्षिण एसियाकै ठुलो गुफा भए पनि ओझेलमा परेपछि गुफाको संरक्षण , सम्बद्धन र प्रचार÷प्रसारको लागि बिमलनगर सिद्ध गुफा विकास समिति गठन गरिएको छ । समितिको सक्रियतामा गुफा जानको लागि ५ मिटर चौडा भएको ८ सय १९ मिटर रेलिङ सहितको सिंढी बाटो , बीच बीचमा विश्राम स्थल , खानेपानी, गुफा वरी परि जङ्गली जनावर छिर्न नमिल्ने गरी बनाईएको बार छ ।
गुफा पक्ता लागेको धेरै भएको छैन । बिमलनगवासीको हरिया मकै खान बारीमा भालु आउने र लखेट्ने क्रममा ढुङ्गाको अकेरा भित्र पस्ने गरेकाले स्थानीय वासिन्दा डराएर जान नसक्दा गुफा पक्ता लगाउन ढिलो भएको समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनु भयो । अध्यक्ष श्रेष्ठका अनुसार वि.स. २०४४ सालमा गुफा पक्ता लागेको हो । दुर्गा थापा , चन्द्र थापा , नरबहादुर पुन , नाराएण कुमाल र बन्दीपुर स्थित नोटर्डेम बोडिङ स्कुलमा तत्कालिन समयमा कार्यरत भारतिय शिक्षक वारेन कात्रोस् जङ्गलभित्र रहेको भालु बस्ने ढुङ्गाको कक्कड शाहस गरी हेर्न जाँदा गुफा पत्ता लगाउनु भएको हो ।
गुफा ठुलो मात्रै हैन रहस्यमय पनि छ । गुफाको भित्री भागका भिक्ताहरुमा विभिन्न प्राकृतिक सौन्र्दयले भरिएका आकृति देख्दा जो कोही अचम्मित बन्छन् । ‘गुफा ४ सय ४० मिटर लामो र ९६ मिटर दुरी सम्म उचाई रहेकोले दक्षिण एशियाकै ठुलो रहेको दाबी समितिको छ । हाल सम्म दक्षिण एसियमै यति ठुलो गुफा छ भनेर कसैले दाबी गर्न सकेका छैनन् ’–अध्यक्ष श्रेष्ठले भन्नु भयो । कतै फुटबल , भलिबल , व्याटमिन्टन खेल्न मिल्ने ठाउँ त कतै असनको गल्ली जस्तो साँघुरो बाटो छ तर यो अरु सामान्य गुफा जस्तो साँघुरो र डरलाग्दो पनि देखिदैन । कतै शेष नाग जस्ता ,कतै शिव लिङ जस्ता लाग्ने अमूत आकृतिहरु हेर्दा घटौं बितेको थाहा पाईदैन । कतै साँघुरो चेपबाट छिर्ने र भर्याङबाट तलमाथी गर्दा लाग्ने रमाईलो भनिसाध्य छैन । तप तप चुहिने पानी , चमेराको वास स्थान गुफाको थप आर्कषर्ण हो । डुम्रे–भन्सार नगर विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठी गुफा सोचे धेरै राम्रोको बताउनुहुन्छ । लमजुङको दुध पोखरी गाउँपालिका कोल्कीका दुर्गाबहादुर गुरुङ साथीहरु लिएर दुईपटक गुफा हेरी सकेको र अभै, हर्ने धोको नमेटिएको बताउनु हुन्छ । शिक्षक समेत रहनु भएका गुरुङ विद्यार्थीबीच हाजिरी जवाफ प्रतियोगितमा दक्षिण एसियाकै ठुलो गुफा कुन हो भनेर सोध्दा ‘सिद्ध गुफा’ नाम सुनेर हेर्न आएको र ठुलो गुफा अनि कलात्मक ढुङ्गा देखेर छक्क परेको बताउनु भयो । जाडोमा न्यानो , गर्मीमा शितल जस्ता वातावरण अनुकलन जस्ता कारणले गाउँबाट आमा समुहलाई अवलोकन गर्न पठाएको गुरुङ बताउनु हुन्छ ।  गुफामा शाहसिक खेल र्याफलिङको लागि पनि प्रख्यात छ । गुफाका अध्यक्ष श्रेष्ठले हेलेन एण्ड रकि ल्याण्ड रेष्टुँरालाई विस्तार गरी ठुलो पर्यटकिय सुविधा युक्त होटल निमार्ण गर्नु भएको छ । ६ सय जना सम्मको लागि खाना र नास्ताको सुविधा दिन सक्ने रेष्टुँरा निमार्ण पनि पर्यटकलाई सहज बनाएको छ । स्थानीय मरस्याङ्दी आमा बचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष सिता थापा बिमलनगरमा पर्यटक बढेसँगै होमस्टेको व्यबस्था गर्न लागिएको छ । हाल ११ वटा घरमा पाङगरिक खानेकुरा सहितको होम स्टे तयार पारिएको अध्यक्ष थापा बताउनु हुन्छ । पृथ्वीराजमार्ग नजिक परेकाले गुफाको अवलोकनको लागि सजिलो भएको छ । काठमाडौंबाट १३० र पोखराबाट ७० किलोमिटरको यात्रा पछि बिमलनगर पुग्न सकिन्छ । त्यहाँबाट थोरै उकाली चढे पछि गुफा पुगिन्छ ।
समितिका सचिव बेनिबहादुर थापा सिंजाली दैनिक कम्तिमा २० जना देखि ३ सय जना पर्यटक गुफा हेर्नको लागि आउने गरेका छन् । शुल्क पनि धेरै तिर्नु पर्दैन विद्याथीलाई १० दश ,अन्यलाई २० र विदेशीलाई एक सय रुपैयाँ लाग्छ । गुफाको प्रचारको लागि केही वर्ष अघि सिद्ध गुफा महोत्सव पनि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker