तनहुँ लोक आवाजको भोली अन्तिम अडिसन

तनहुँ , असोज ५ गते ।
तनहुँ जिल्ला व्यापी लोक गित गायन प्रतियोगिता “तनहुँ लोक आवाज सिजन –२ ” को भोली बन्दीपुर १ पिप्ले स्थित पवित्रा माविमा अडिसन हुने भएको छ । तनहुँ कलाकार सङ्घले द्धारा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
लोक दोहोरी गायक समेत रहेको सङ्घका अध्यक्ष यामसागर विकले भाद्र १६ गते देखी सुरु भएको अडिसन भोली अन्तिम भएको जानकारी दिनु भयो
प्रतियोगिताका अडिशनमा गायक तथा शब्द संकलन दिलिपकुमार श्रेष्ठ र दोहोरी गायक यामसागर विक लगायत निर्णायकरुको रुपमा रहनु भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेहरुले क्रमस ३० हजार, २० हजार, १० हजार ५ हजार रुपैया प्राप्त उपाध्यक्ष अशोक विश्वकर्माले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker