गोरखामा बिद्दुत संबन्धि समस्या समाधान गर्न   २४ करोड ४० लाख बजेट बिनियोजन

गोरखा । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गोरखामा बिद्दुत संबन्धि समस्या समाधान गर्नको  लागि  २४ करोड ४० लाख बजेट बिनियोजन भएको छ  ।

उर्जा मन्त्रालयले ग्रामिण बिद्दुतीयकारण (नयाँ लाइन विस्तार ), फलामे पोल ,  ट्रान्सफरमर खरिद लगायतका शिर्षकमा बजेट विनियोजन गरेको हो ।

गोरखा जिल्लाको  ग्रामिण तथा हिमाली भेग, बजार क्षेत्रमा बिद्दुत समन्धी समस्या रहेको भन्दै गोरखा  क्षेत्र-२ का सभासद चुडा खड्काले बजेटको माग गरेका थिए  ।

जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा आवश्यकता अनुसार बजेट विनियोजन गरेको  उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन (अनन्त )का स्वकिय सचिब सुमन आचार्यले जानकारी दिए  ।

गोरखा जिल्लामा अघिल्लो बर्षहरुको भन्दा  यो बर्ष  धेरै बजेट छुट्टाइएको भन्दै आचार्यले यसले लगभग अहिले देखिएको  बिद्दुतीय  समस्या सामधान हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker