बौद्ध हिमाल मेला २०७५ सम्पन्न…

सुजन न्याैपाने, पालुङटार
पालुङटार नगरपालिका ५ स्थीत बौद्ध हिमाल युवा क्लबको आयोजनामा बौद्ध हिमाल मेला २०७५ सम्पन्न भएको छ । पालुङटार नगरपालिकको कार्यालय, वडा नं. ३, ४ र ५ को सयुक्त प्रर्बद्धनमा आयोजित उक्त मेलामा विभिन्न कार्यक्रम तय गरिएको थियो । पालुङटार नगरपालिकाका मेयर ई. दीपक बाबु कंडेलको प्रमुख अतिथीको आशन ग्रहण गर्दा, वडा नं. ३, ४ र ५ का वडा अध्यक्ष, प्रमुख प्रशाशकीय अधिकृत, राजनीतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुखहरु अतिथीको रुपमा उपस्थीत थिए ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु पारेर क्लबले गरेको कार्यक्रमको पुरस्कार वितरण, वडा कप फुटबलको पुरस्कार वितरण, युवा सप्ताहको पुरस्कार वितरण, तीज गीत प्रतियोगिता, बौद्ध हिमाल युवा क्लब सम्मान २०७५ जस्ता कार्यक्रमहरु राखिएको थियो ।
सोहि मेला अन्र्तगतको तीज गीत प्रतियोगितामा युनाईटेड बाल क्लब प्रथम, ब्लू स्टार युवा क्लब द्धितीय, युनाईटेड ईङिग्लस बोर्डिङ स्कुल तृतीय र ठाँटिपोखरी बाल ज्योति ईङिग्लस बोर्डिङ स्कुलले सान्तवना स्थान हासिल गर्न सफल भए । अबको आबश्यकता ः कृषीमा आधुनिकता र उद्यमशीलता शिर्षकको तीज गीत प्रतियोगितामा प्रतियोगिहरुले गीत मार्फत आफ्नो विचार प्रस्तुत गरेका थिए ।
त्यसै गरि युवा सप्ताहको विजेता तथा २०७५ को उत्कृष्ट स्कुल युनाईटेड ईङिग्लस बोर्डिङ स्कुललाई पालुङटार नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतले ट्रफी वितरण गर्नु भएको थियो । भारी वर्षाका कारण बौद्ध हिमाल युवा क्लब सम्मान २०७५ लगाएत प्रस्कार वितरण, प्रायोजकहरुलाई प्रमाण पत्र वितरण, मायाको चिनो वितरण जस्ता कार्यक्रम बाँकी नै रहेको क्लबका अध्यक्ष किरण गिरीले बताउनु भयो । बाँकी रहेका कार्यक्रमलाई विजया दशमीको पुर्व सन्ध्यामा एक औपचारीक कार्यक्रमको आयोजना गरी गरिने आयोजकले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker