अमेरिकी दुताबास काठमाडौँ नेपालको युवा परिषदमा गोरखाली युवा बिनोद खाती

बिगत एक दशक देखि सामाजिक सेवामा क्रियशील रहेका गोरखा निवासी बिनोद खाती अमेरिकी दुताबास काठमाडौँ नेपालको युवा परिषदमा चयन भएका छन् | लामो समय देखि सामाजिक संघ संस्थामा आबद्द खाती समाज सास्त्रका बिध्यार्थी हुन् | लियो क्लब अफ काठमाडौँ बालाजु हाईटका अध्यक्ष रहिसकेका खाती रोटट्रयक क्लब अफ राजधानीका सदश्य पनि हुन्, यी संगसंगै अन्य अरु संघ संस्थाहरुमा पनि उनको आबदत्ता रहेको छ | “संबिधानका लागी हामी” लगाएतका विभिन्न आभियान मार्फत आफुलाई निखारेर आघि बढेका खाती २०१७ मा नेपालको प्रतिनिधित्व गर्दै यूरोपेली मुलुकको नर्वे  पुगेर नेतृत्व गरिसकेका छन् भने छिमेकि राष्ट्र भारत स्थीत रहेको ग्लोबल पिस फाऊन्डेसन् नामक संस्थामा पनि काम गरेका अनुभव बटुलीसकेका छन् | युवा नेतृत्व गरिसकेका खाती हाल गोरखा स्थीत गैरसरकारी संस्थामा कार्यरत छन् | शेयर बजारको रुची संगै लगानी गरेका उनी पछिल्लो समय कृषि मार्फत आफुलाई चिनाउने प्रयत्नका साथ अर्गानिक खेती लाई जोड दिदै आएका छन् | सोहि अनुरूप देश भरिबाट विभिन्न विधा मध्ये पालुन्टार ८ निबासी बिनोद खाती यस बर्षको ५५ जनाको टोली रहेको अमेरिकी दुताबास काठमाडौँ नेपालको युवा परिषदमा छानिएका हुन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker