विराटनगर,असोज १

बिगत लामो समयबाट समाज सेवाको साथै ब्यापारिक क्षेत्रमा आबद्ध बिराटनगर निवासी रंजीत भगत यू एस एम्बेसी युथ काउन्सिलका सदस्यको रुपमा चयन भएका छन् । भगत लामो समयदेखि लियो क्लब, रोट्रेक्ट क्लब तथा अन्य संघ संस्थामा आबद्ध हुदै आफ्नो समाज सेवाको क्षेत्रमा अगाडि बढिरहेका छन् । त्यस्तै उनले एक उद्यमशील युवाका रूपमा पनि आफ्नो छबि बनाएका छन् । भगत बिराटनगरमा रहेको एसीसी ग्रुपका संचालक हुन भने मोरंग चेम्बर अफ कमर्स, यूथ एंटरप्रेन्यर फोरममा समेत आबद्ध छन् । विविध बिघामा यूथ काउन्सिलले सदस्यता खुलाउने गरेकोमा यस वर्ष बिराटनागरका रंजीत भगत उद्यमशीलताको क्षेत्रमा सदस्यमा छानिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker