लिगलिगकोटमा संग्राहलय निर्माण गर्ने

राज्य एकीकरणको उद्गम स्थलदेखि भूकम्पको केन्द्रबिन्दुसम्म गोरखाको नाम अग्रस्थानमै छ र परिचित पनि । यी विविध नाम र परिचयलाई गोरखाले अहिलेसम्म सोचे अनुसार बेच्न सकेको देखिदैन । ११ स्थानीय तह रहेको गोरखाले अब इतिहासदेखि भूकम्पसम्मलाई बेच्न सक्नु पर्दछ । हुन त गोरखालाई नेपालको सबैभन्दा बढी आन्तरिक पर्यटक आउने जिल्लाका रुपमा पनि लिइन्छ तर यहाँ भएको अथाह पर्यटकीय क्षेत्रको पहिचान गराउन नसक्दा पर्यटक बढ्न भने सकेका छैनन् ।
गोरखामा पर्यटन क्षेत्र विकासका लागि विगतमा प्रयास भने नभएका होइनन् । थुप्रै योजनाहरु बनेका छन् तर त्यसको कार्यान्वयन पाटो फितलो हुदा अलपत्रै भएका देखिन्छन् । तर अब भने जिल्लावासीमा आशाको किरण पलाएको देखिन्छ । करिब २ दशकपछि प्राप्त भएको स्थानीय तहले पर्यटन क्षेत्रको विकासका लागि निर्माण गरेको योजनाले केही आशा जगाइदिएको हो ।

दौडमा जीतेर राज्य जित्ने गरेको प्रथालाई निरन्तरता दिँदै लिगलिगकोटमा अहिलेपनि बर्सेनि दौड प्रतियोगिता हुन्छ । यसैलाई पछ्याउदै पालुङटार नगरपालिकाले ‘स्पोर्टस् टुरिजम’लाई अघि बढाउने योजना बनाएको मेयर दीपक कँडेलले बताएका छन् ।

लिगलिगकोटमा संग्राहलय निर्माण गर्ने यस क्षेत्रलाई पर्यटकीय हब बनाउने उनको योजना छ । भूगोलले समेत साथ दिएको यस नगरपालिकाले तातोपानी, भुलभुलेखारदेखि कालु पाण्डेको स्मारक हुदै थानकोमाइसम्म पदमार्ग निर्माण गर्ने योजना बनाएको छ ।

सरकारले अघि सारेको स्मार्ट सिटी, मेगा सिटी र औधोगिक क्षेत्र निर्माणले समेत पालुङटारमा पर्यटन क्षेत्रका हिसावले सम्भावित देखिएको छ । त्यस्तै पालुङटारले पर्यटनलाई आकर्षण गराउन भएका पोखरी, चौताराहरुको समेत जर्गेना गर्ने बताएको छ । तालपोखरी र त्यहाँ लाग्ने जात्रालाई व्यवस्थापन गर्न सके राम्रै पर्यटक भिœयाउन सकिने मेयर कँडेलको अपेक्षा छ ।

यसैगरी चेपे नदीको किनारमा पोखरीहरु निर्माण गर्ने, पालुङटारमा खुल्ला विश्वविद्यालय स्थापना गर्ने, लिगलिगकोट, मिरकोट, धुवाँकोट लगायतका कोटहरुको प्रवद्र्धन एवं प्रचार गरी आन्तिरिक र बाह्य पर्यटकिय स्थलका रुपमा विकास गर्ने योजना पालुङटारसँग छ । त्यस्तै पालुङटारमा रहेको हवाई मैदानलाई सञ्चालन गर्न सके पर्यटकको खाचो नहुने उसको ठम्याई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker