निजामती सेवा दीवसको अवसरमा आँपपिपलका बिरामीलाई फलफूल

असाेज १, गाेरखा , राजेश पाैडेल

निजामती सेवा दीवसको अवसरमा पालुङटार नगरपालिकाका निजामती कर्मचारीले आँपपिपलका बिरामीलाई फलफूल बितरण गरेका छन् । पालुङटार नगरपालिकाको उपप्रमुख पम्फा बसेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको फलफूल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बसेले निजामती कर्मचारी दिवसको अबसरमा अघिल्लो वर्ष कर्मचारीहरुले वृक्षारोपण कार्यक्रम गरेको स्मरण गर्दै यसपटक अस्पतालका विरामीलाई फलफूल वितरण गर्न लागेकोमा खुसी व्यक्त गर्नुभयो । सोहि अबसरमा उहाँले निजामती कर्मचारीहरु राष्ट्रको गहना भएको भन्दै निजामती सेवा दीवसलाई कर्मचारीहरुले चाडपर्वको रुपमा लिनेगरेको बताउनुभयो । उहाँले संघियता सफल बनाउनका लागी जनप्रतिनिधि र कर्मचारीको सम्वन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीहरु मिलेर अघिबढ्ने हो भने समृद्ध पालुङटार निर्माण गर्नका लागी कसैले रोक्न नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
सोहि अबसरमा बिषेश अतिथिको रुपमा बोल्दै आँपपिपल अस्पतालका बरिष्ठ डा. क्षितिज चन्द्र पौडेलले निजामती कर्मचारी दिवसको अवसरमा आँपपिपल अस्पतालमा स्वागत गर्नु हुँदै अस्पतालका विरामीलाई फलफूल वितरण गर्न लागीएकोमा खुसी व्यक्त गर्नु भयो ।
अस्पतालको वेडमा रहेका १७ जनालाई फलफूल बिस्कुट र जुस बितरण गरिएको कार्यक्रममा बिरामीहरुका हातामा फलफूल राख्दिनुहुँदै विरामीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।
सोहि अबसरमा तेह्रकिलोको बाख्रा फार्ममा काम गर्दै आएका कुल बहादुर गुरुङको बाख्रालाई घाँस काट्न जाँदा हँसियाले पिँडौलामा काटेको घाउ निको नभएपछि गोरखा जिल्ला अस्पतालले आँपपिपल अस्पतालमा रिफर गरेको र दुई महिना देखी अस्पतालको सैयामा बस्दै आउनुभएका गुरुङको स्वास्थ्य अवस्थाको बारेमा उपप्रमुखले चासो व्यक्त गर्नुभएको थियो ।
पालुङटार नगरपालिकाका प्रशासकिय अधिकृत हर्क बहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी दिपेन्द्र गरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker