अमर ज्योति जनता मा. वि. को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आमरण अनसन बस्ने

असाेज २, गाेरखा ।

पालुङटार नगरपालिका वडा नं. ४ मा रहेको अमर ज्योति जनता मा. वि. को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपाने अध्यक्ष आमरण अनसन बस्ने भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपानेले असोज ५ गते बिहान ११ बजे दखि पूनः निर्माणको जिम्मा लिएको केन्द्रिय योजना कार्यान्वयन इकाई ( शिक्षा) ज्ञानेस्वरमा आमरण अनसन बस्ने बताएका छन् ।
विद्यालय पूनः निर्माणको जिम्मा लिएको केन्द्रिय योजना कार्यान्वयन इकाई ( शिक्षा) ले राष्ट्रिय पूनः निर्माण प्राधिकरण देखाउने अनि प्राधिकरणले अर्थमन्त्रालय देखाउने, अर्थले भारतिय दुतावास दुतावासले फेरी नेपाल सरकारलाई देखाई विद्यालय परिवारलाई बिरोलोले मुसा खेलाए जस्तै ४ वर्ष देखी अलमल्याएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपाने अध्यक्ष आमरण अनसन बस्ने भएका हुन् । आफुले विगत दुई वर्ष देखि ४ पटक सम्म आमरण अनसन बसन लाग्दा विद्यालय पूनः निर्माणले छिट्टै गति लिने झुटा आस्वासन मात्र पाइरहेको हुनाले यस पटक २०७५ असोज ४ गते दखि आमरण अनसन बसिछाड्ने बताएका छन् । उनले नेपालमा नै चर्चा कमाएको अमर ज्योति जनता मा. वि. लुईटेलमा भूकम्प गएको ४ वर्ष लागिसक्दा पनि पूनः निर्माणको काम नभएको भन्दै आपत्ती जनाएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाले अन्तिम पटक नौ करोड ५० लाखको प्रस्ताव केन्द्रिय योजना कार्यान्वयन इकाई ज्ञानेस्वरमा पठाउँदा गोरखाका अरु विद्यालयको टेन्डर खुल्ने तर लुईटेलको टेन्डर नखुलेको भन्दै त्यसको टेन्डर नखुले सम्म आफु आमरण अनसन बस्ने उनको भनाई छ ।
बिद्यालयमा भूकम्प जानु भन्दा अघि शिक्षक आवास सहित ५० जना अट्ने छात्रावास रहेको र अहिले पालुङटार नगरपालिकाले अमर ज्योति जनता मा. वि.लाई आवासिय विद्यालय बनाउने भने पनि विद्यालयमा दृष्टिबिहिन छात्र छात्रा र शिक्षकहरु टिनको टहरामा बस्न बाध्य छन् ।
त्यसै गरी अध्यक्ष न्यौपानेले लुईटेल लगायतका अंग्रजी माध्यममा पढाईहुने विद्यालयहरुमा पेनसन पाकिसकेका तर अंग्रजी माध्यमबाट पढाउन नसक्ने शिक्षकहरुलाई अबकास दिई अंग्रजी पढाउन सक्ने शिक्षक नियुक्त गर्नु पर्ने, लुईटेल स्कुल जस्ता सरकारी स्कुलहरुमा प्रविधिमैत्री शिक्षाको व्यवस्था गरिनुपर्ने, अमर जनता मा. वि.का ज्योति डा. उपेन्द्र देवकोटाको सम्झनामा पार्क बनाउनु पर्ने लगायतका माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker