गुफाभित्र चित्रकला प्रतियोगिता एवं कवि गोष्ठी हुने

रविन्द्र कंडेल, असोज १
आगामी असोज ६ गतेका दिन एसियाकै ठूलो दावी गरिएको सिद्धगुफामा विद्यार्थीहरुका लागी खुल्ला चित्रकला प्रतियोगिता हुने भएको छ । गुफाभित्र मा.वि. स्तरीय चित्रकला प्रतियोगिता हुने कार्यक्रम संयोजक विजय रानाभाटले जानकारी दिनुभयो । प्रतियोगितामा हरेक विद्यालयबाट २ जना विद्यार्थी सहभागी हुन पाउनेछन । प्रतियोगितामा प्रथम हुनेले नगद रु.३००० द्धितीय हुनेले नगद रु.२०००, तृतीय हुनेले नगद रु.१००० र सान्तवना २ जनाले नगद रु.५०० प्राप्त गर्नेछन । साथै सोही अवसरमा गुफाभित्रै कविता बाचन समेत हुनेछ । साथै सोही अवसरमा कवि गोष्ठी समेत सोही गुफामा नै हुने बताइएको छ । बन्दीपुरको चिनारी एवं गहनाको रुपमा रहेको गुफाको समेत प्रचार गर्ने उद्धेश्यले गुफामा सो कार्यक्रमको आयोजना गरिएको आयोजक गीतल प्रतिष्ठान नेपाल एवं नाटक मञ्च तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker