ऋषिपञ्चमीको अवसरमा पञ्चमी जात्रासहित विविध कार्यक्रम सम्पन्न

गोरखा, भाद्र २९, रविन्द्र कंडेल
ऋषिपञ्चमीको अवसरमा हिजो गोरखाको पालुङटार नगरपालिका वडा नं. ६ को पौवाटारमा विविध कार्यक्रमका सम्पन्न भएको छ । वडा नं ६ का वडाध्यक्ष गोविन्द वराकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । वडाका वयोवृद्ध ओम वहादुर सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्थानीय केदार वराकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा बोल्दै वडाध्यक्ष वराकोटीले कला संस्कृति र परम्परा जोगाउन सवै एक भएर लाग्नुपर्ने बताउनुभयो । संस्कृति र परम्परा जोगाउन सकिएन भने समस्या हुने वताउँदै संस्कृति संरक्षणको पहल स्वरुप यस पञ्चमी जात्रा गरिएको समेत उहाँले वताउनुभयो । सो अवसरमा ओम वहादुर वराकोटी, राजेश काफ्ले, रजगरे मा.वि. का प्रधानाध्यापक गोविन्द कुमार मल्ल लगायतकाले आ आफ्नो भनाइहरु राखेका थिए भने सोम प्रसाद रेग्मीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा लाखे नाच, रोपाईं जात्रासहित स्थानीयहरुको विभिन्न कला समेत प्रस्तुत गरिएको वडाध्यक्ष बराकोटीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker