गोरखाको पालुङ्टारमा तीज गीत प्रतियोगिता सम्पन्न, प्रगतिशिल महिला समूह भानु प्रथम

गोरखा, भाद्र २७, रविन्द्र कंडेल
पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङलीको खेलमैदानमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । च्याङली स्पोर्ट क्लब को आयोजना र सक्रिय महिला समूहको सह आयोजनामा सम्पन्न कार्यक्रममा प्रगतिशिल महिला समूह तनहूँ भानु प्रथम भएर नगद रु१०,००० सहित प्रमाण पत्र हात पारेको छ । त्यस्तै गरी दिदिबहिनी महिला समूह पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकोट द्धितीय भई नगद रु.७००० र प्रमाण पत्र प्राप्त गरेको छ भने सह आयोजक सक्रिय महिला समूह तृतीय भई नगद रु.४००० र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै गरी सृजना महिला समूह मुहाने ले सान्तवना स्थान हासिल गरी नगद रु.२००० र प्रमाण पत्र प्राप्त गरेका थिए । सहभागी सवै समूहहरुलाई नगद रु १००० र सहभागी प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १४ समूहको सहभागिता रहेको थियो ।
क्लबका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संघीय सभाका माननीय साँसद चुडामणि खडका ले महिलाहरुको तीज पर्वको शुभकामना व्यक्त गर्दै यस क्षेत्रको विकासका लागी आफूले सक्दो पहल गर्ने वताउनुभयो । सोही अवसरमा बोल्दै उहाँले हालसम्म भएका राष्टिय गतिविधी हरुको समेत चर्चा गर्नुभएको थियो । पालुङटार नगरपालिका वडा नं. ७ को प्रवर्दनमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा नगरप्रमुख दिपक बाबु कंडेल, उपप्रमुख पम्फा बसेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै गरी वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले कार्यक्रममा सहयोग गर्नेहरु प्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु एवं परम्परा जोगाउन वडाको तर्फबाट आफूहरुले सक्दो पहल गर्ने बताउनुभयो । सक्रिय महिला समूहकी विमला श्रेष्ठले स्वागत गरेको सो कार्यक्रमा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । कलाकारहरु शंकर परियार, रञ्जिता वि.क., स्थानीय कलाकारहरु राजेश परियार, अमर गुरुङ, लगायतकाले विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । शुशीला श्रेष्ठ र सर्मिला वि.क.ले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका सदस्य एवं रेडियो वन्दीर का सञ्चालक समिति सदस्य रविन्द्र कंडेलले समेत शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहयोग गर्ने विभिन्न संघसंस्था एवं व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार सपना निर्माण सेवाले प्रायोजन गरेको थियो भने प्रथम पुरस्कार वरावरको रकम युवा कुमाल समाज साउदी अरवबाट समेत प्राप्त भएको थियो । द्धितीय पुरस्कार प्रायोजन दाजुभाइ सप्लायर्स नयाँपुल, तृतीय पुरस्कार कामधेनु गाई फार्म र सान्तवना पुरस्कार नेवारी खाजा घर नयाँपुल ले प्रायोजन गरेका थिए । कार्यक्रममा नेपाल आवास निर्माण कार्यालय क्लष्टर २ ले स्टल राखी विभिन्न परामर्शहरु समेत प्रदान गरेको थियो । कार्यक्रमको मिडिया पार्टनरमा www.gorkhasansar.com रहेको थियो ।

सहयाेगीहरूकाे नाम क्रमशः अपडेट गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker