हेलिकाेप्टर दुर्घटनामा परी मृत्यु हुनेहरूलाइ काठमाण्डाै लगियाे

गोरखाको सामागाउँबाट काठमाडौँ आउदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आज काठमाडौँ ल्याइएको छ । अहिले पोष्टमार्टमका लागि त्रिबि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । नुवाकोटको विदुरबाट हेलिकप्टरमा ति शव काठमाण्डौ ल्याइएको हो । प्रहरी तथा स्थानीयको सक्रियतामा रातभरी लगाएर शव बिहान बिदुर ल्याइएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिकामा हिजो दुर्घटना हुँदा त्यसमा सवार ७ मध्ये ६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक मात्र यात्रु आनी डोल्मा बाँच्न सफल भएकी थिइन् । डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker