सिन्जोउ कर्पोरेशन लिमिटेड”को आयोजनामा हुनुगईरहेको तिज महोत्सव २०१८” को सम्पूर्ण तयारी पूरा

टोकियो, २२भदौ; सन्तोष बस्नेत

सिन्जोउ कर्पोरेशन लिमिटेड”को आयोजनामा महिलाहरूको विशेष महान चाड हरितालिका तिजमा हुनुगईरहेको तिज महोत्सव २०१८ सम्पूर्ण तयारी पूरा भयको छ । जापानको राजधानी टोकियोमा आयोजना गर्न लागेको बृहत तीज महोत्सव नाम दिएर आयोजना गरिएको कार्यक्रममा लोकप्रिय गायकहरु रामजि खाड ,प्रकाश सपुत सहित जापानमा रहेका प्रदेशी गायक सूर्य खड्का को प्रस्तुती रहने छ ।

कार्यक्रममा चर्चित गायीका देबी घर्ती,चन्दा अर्याल र शान्त परिवारले सहभागीहरुलाई लोकप्रीय लोक दोहोरी गित सहित तिज गित आउनु हुने भएका छन् । सेप्टेम्बर ९ तारिख आइतबारका दिन जापानिज समय ३:०० बजे बाट सुरु उक्त हुने कार्यक्रमको तयारी पुरा भएको सिन्जोउ कर्पोरेसनका उत्तम श्रेष्ठले  दिनुभयको छ ।

श्रेष्ठले कला संस्कृतिको जगेर्ना एवं संरक्षणको लागी यस्ता कार्यक्रमले आफ्नो देशको रिति परम्परा र संस्कारका राम्रा पक्षलाई बिदेशमा समेत आफुहरुले जोगाउन र प्रचार गर्न सहयोग पुग्ने कुराका साथै सम्पूर्ण जापानबासी दाजुभाइ दिदीबहिनीलाई कार्यक्रममा सहभागिताको लागि अनुरोध गर्नुभएको छ । हरेक वर्ष झैं यस वर्ष पनि जापानमा दर्जनौं तिज कार्यक्रमहरू आयोजित छन् ।तीज महोत्सवमा रमाउँदै लोकप्रिय गायक सँगै नाचगान गर्न सहभागिताको लागि २००० येन् टिकट शुल्क तोकिएको बताउनुभयो ।

जापानमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको सिन्जोउ कर्पोरेशनले जापानबासी नेपाली दाजुभाई दिदीबहिनीहरु मन जित्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker