सरकार ओराले यात्रामा ः डा. भट्टराइ

 

अमरराज नहर्की डुम्रे , भदौ २० गते ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले जन अपेक्षा अनुरुपको काम गर्न नसकेको बताउनु भएको छ । तनहुँको डुम्रेमा बुधबार सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै डा.सरकार ओरालो यात्रामा लागेको आरोप लगाउनु भयो । नेपालमा लामो समय पछि दुई तिहाई बहुमतको सरकार बनेकोले जनताले धेरै अपेक्षा गरेको उल्लेख गर्दै काम गर्ने पुरानो चिन्तन र सोचले सफलता प्राप्त हुन नसकेको बताउनु भयो । ‘ आशा विस्तारै निराशामा परिणत भएको छ सत्तारुढ दलभित्रै निराशामा छन् पक्कै आशाको दियो देख्नु पर्ने हो देखिएको छैन यसलाई दुःखत लागेको छ ।’ डा. भट्टराईले भन्नु भयो । सरकारको शान्ति र सुरक्षा कमजोर भएकोले बलत्कार लयातको घटना बढेको डा. भट्टराईले बताउनु भयो । नेपालमा कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानु पर्ने त्यसले मात्रै नेपालीलाई दिगो राजनैतिक स्थीरता र शान्ति ल्याउने र विकासको ढोका खोल्ने डा. भट्टराईको भनाई रहेको थियो । सङ्घियता नभई राष्ट्रिय एकता र दिगो विकास हासिल गर्न नसक्ने बताउँदै डा. भट्टराईले ठिक ढङ्गले प्रयोग गर्नु पर्ने बताउनु भयो । विकास र समृद्धि आकाशबाट नखस्ने त्यसको लागि मानिसको परिश्रम र मेहनत र परिश्रम गर्नु पर्ने डा. भट्टराईले बताउनु भयो । , प्रत्येक देशको आ–आफ्नो विशेषता हुन्छन् त्यो विशेषतालाई ख्याल गर्ने आफ्नो देशको स्रोत र साधनलाई परिचालन गर्नु पर्र्नेे डा. भट्टराईले बताउनु भयो । आफ्नो विदेश भ्रमणको उपलब्धी सुनाउँदै डा. भट्टराईले जनतालाई सचेत बनाउने श्रमशिल बनाउने र राज्यले उचित नियामन गर्ने हो भने विकास हुँदो रहेछ, त्यो नभए नहुँदो रै’छ भन्ने विदेश भ्रमणका क्रममा बुझेको बताउनु भयो । भ्रमणका क्रममा नेपालको क्रान्ति अभैm क्रान्ति अभैm अपुरो लागेको उहाँले बताउनु भयो । ‘ रुस , जर्मन , फ्रान्स स्विडेन , सानो देश लब्जङ्बर र बेल्जियम मैले त्यही अनुभव प्राप्त भएको र नेपालको युद्ध फेल भएछ भन्ने लागेन , ढिलो भएछ , स्यानो भएछ भन्ने लाग्यो ’डा. भट्टराईले भन्नु भयो । ‘नेपालको क्रान्ति अपुरो रह्यो र अधुरो रह्यो , हलाल क्रान्ति भयो त्यसले गर्दा हामीलाई ढिलो भयो भन्ने मान्यता हो । ’ डा. भट्टराईले दो¥होराउनु भयो । फ्रान्सेली क्रान्ती विश्वको सबैभन्दा ठुलो क्रान्ति हो ,गणन्त्रस्थापना त्यहीबाट भएको उल्लेख गर्दै डा. भट्टराईले पेरिशमा राजा र रानीलाई काटेर त्यही ठाउँमा स्मारक बनाईएको छ त्यहाँ गएर मान्छेले सम्मान गरेको बताउनु भयो । ‘ त्यो चेतनाबाट उठेपछि मात्र समृद्धि आएको डा. भट्टराईको भनाई रहेको थियो । संसारै परिवर्तन शिल हुन्छ पछिल्लो ज्ञान र विज्ञानलाई पच्छाएर अघि बढ्न चाहन्छु । काँग्रेस र कम्प्युनिष्ट दुई धारणा उपुरो भएकोले नयाँ शक्ति तेस्रो धारको रुपमा उदय भएको उहाँको भनाई रहेको थियो । नेपालको साच्चिकै समृद्धि हासिल गर्ने हो भने पछिल्लो ज्ञान र विज्ञानलाई ग्रहण गर्न सक्नु पर्ने उहाँले बताउनु भयो र समृद्धिको उच्च तहमा पुगेका युरोप , अमेरिका र पूर्वी एसिया यि तीन वटा केन्द्रमा पुग्नु उपयुक्त हुन्छ भनेर यात्रा गरेको डा. भट्टराईले जानकारी दिनुभयो । प्रत्यक्ष ज्ञान हासिल गर्न यात्रा गरेको केही समय पछि ज्ञानले अभैm उचाई लिने उहाँले बताउनु भयो । यसैबीच डा. भट्टराईले मातृशोकमा पर्नु भएका पूर्व भूमि सुधार तथा व्यवस्था मन्त्री भिमप्रसाद गौतमको परिवारलाई बुधबार भेट्न् भएको छ । पूर्व मन्त्री गौतमको आमा हरिमाया गौतमको १०० वर्षको उमेरमा बन्दीपुुर गाउँपालिका–१ पिप्ले , डुम्रे स्थित आफ्नै निवासमा शनिबार साँझ निधन भएकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker