दोस्रो आँबुखैरेनी खुल्ला भलिबल प्रतियोगिता २०७५ सुरु

 

आँबुखैरेनी, भदौं १५ गते । आँबुखैरेनी भलिबल संघको आयोजनामा आजबाट दोस्रो आँबुखैरेनी खुल्ला भलिबल प्रतियोगिता २०७५ सुरु भएको छ । कृष्णजन्मष्टमीको अवसर पारेर संघले यस क्षेत्रका नव प्रतिभावान खेलाडिहरुको पहिचान होस भन्ने उद्देश्यले “खेल प्रेमी दर्शकहरुका मेल, स्वास्थ्य र मनोरञ्जनको लागि भलिबल खेल” भन्ने नाराका साथ यस वर्ष पनि दोस्रो आँबुखैरेनी खुल्ला भलिबल प्रतियोगिता २०७५ सुरु गरेको हो ।

प्रतियोगिताको एक समारोहकाबीच आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिर बहादुर थापाले उद्घाटन गर्नुभएको छ । संघका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, वडा नं. ३ का वडा अध्यक्ष पूण बहादुर आले, एन्फाका केन्द्रिय सदस्य तथा एन्फा तनहुँका अध्यक्ष रत्न कुमार श्रेष्ठ लगाएतकाले बोलेका थिए । आँबुखैरेनी–३, चिसापानी टोलको खेल मैदानमा सुरु भएको भलिबल प्रतियोगितामा आज २ खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा ढाडबारी गोरखाले जुन तारा युवा क्लब बन्दिपुरलाई २५/२३, १६/२५ र २७/२५ को सेटमा हराएको छ । त्यस्तै आजको दोस्रो तथा अन्तिम खेलमा आयोजक आँबुखैरेनी भलिबल संघ सी ले आँबुखैरेनी–४, अक्लाङलाई २५/९, २५/२० को सेटमा हराउन सफल भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५० हजार, ट्रफि, मेडल प्रमाणपत्र, दोस्रो हुने टिमले नगद रु. ३० हजार ट्रफि, मेडल प्रमाणपत्र र तेस्रो हुने टिमले नगद रु. २० हजार ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्ने संघका सचिव बिशाल थापाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker