मृगौला पिडितलाई उपचारको लागि जापानबाट आर्थिक सहयोग

 

टोकियो/ सन्तोष बस्नेत
आर्थिक अवस्थाका कारण मृगौला समस्याको उपचार गराउन कठिन भएका गुल्मी आँपचौरका रवीलाल काफ्लेलाई गुल्मी आँपचौर सेवा समिति जापानले आर्थिक सहयोग गरेको छ ।मृगौला पिडित भई आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि आर्थिक सहयोगको अपील गरिरहनु भएका गुल्मी जिल्ला ,मुसीकोट नगरपालिका,आँपचौर ५ निवासी रविलाल काफ्ले (वर्ष ४४)लाई ४ लाख ६१ हजार २ सय ५० रुपैया एक समारोहका वीच काठमाण्डौमा हस्तान्तरण गरिएको हो ।

आँपचौर सेवा समिति, जापानले मृगौला पिडित अभियान संचालन गरी विभिन्न सहयोगी दाताहरूको सहयोगमा रु. ३ लाख ६१ हजार २ सय ५० र हाल टोकियो निवासी विनोद काफ्लेले व्यक्तिगत रुपमा १ लाख सहयोग गरी जम्मा रकम ४ लाख ६१ हजार २ सय ५० संकलन भएको थियो ।

मानविय धर्मको महान पुन्यकाममा तनमन र धनले सहयोग गर्नुहुने आँपचौर सेवा समितिका अग्रजहरु, सम्पूर्ण सल्लाहकार ज्यू हरु, कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, जापान बासी आँपचौरका सम्पूर्ण महानुभावहरु, आँपचौर सेवा समिति मार्फत सहयोग गर्नुहुने जापानबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु तथा सहयोग रकम हस्तान्तरण कार्यक्रममा उपस्थित सम्पूर्ण ब्यक्तित्वहरु प्रति आँपचौर सेवा समिति जापान परिवार हार्दिक आभारी रहनुका साथै हार्दिक धन्यवाद ब्यक्त गरेको आँपचौर सेवा समिति जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker