प्रथम इच्छाकामना महोत्सवको तयारी औपचारिक रुपमा आजदेखि सुरु

कुरिनटार, ५ भदौ
चितवनको एकमात्र गाँउपालिका इच्छाकामनामा सुरु हुन लागेको प्रथम इच्छाकामना महोत्सवको तयारी औपचारिक रुपमा सुरु भएको छ । आज मंगलबार चुम्लिङटारमा रहेको सिद्धार्थ रिसोर्टको हलमा चितवन, धादिङ र गोर्खाका पत्रकारहरुमा पत्रकार सम्मेलन गरि महोत्सवको बारेमा जानकारि दिदै औपचारिक तयारी सुरु भएको आयोजकले जनाएको छ । इच्छाकामना गाँउपालिकाको संरक्षणमा इच्छाकामना उद्योग वाणिज्य संघ र इच्छाकामना एफएमको संयुक्त आयोजनामा हुन लागिरहेको महोत्सव यहि भदौ २६ गते देखि सुरु भै असोज ६ गतेसम्म सर्वशान्ति माविको खेल मैदानमा सञ्चालन हुनेछ ।

‘कृषि, पर्यटन, उद्योग र व्यापार, ईच्छाकामनाको मूल आधार’’ भन्ने नाराका साथ पहिलो पटक सुरु हुन गैरहेको महोत्सवको मुख्य आकर्षणको रुपमा डान्स आईडल, तिज प्रतियोगिता, लामो झरनामा क्यानोनिङ, त्रिशुलीमा ¥याप्mटिङ, चेपाङ, गुरुङ, मगर होमस्टेको अवलोकन, आदीवासी जनजातिको झाँकी ¥याली, ईच्छाकामना, बालगौरी पाथीमारा, उपर्दाङगढी र सिराईचुली पदयात्रा, स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त विभिन्न विद्याका कलाकारहरुको प्रस्तुत लगायतका छन् । करिब १५० भन्दा बढि स्टलहरु रहने महोत्सवमा १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव आयोजक समितिका सह–संयोजक प्रताप गुरुङले बताउनुभयो । इच्छाकामना महोत्सव आयोजना गर्दा ४४ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा रहने स्टलको भाडा, महोत्सव प्रवेश टिकट, बाल उद्यान, विभिन्न प्रायोजक लगायतका क्षेत्रबाट कूल ५७ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान आयोजकको छ । खर्च कटाएर बचेको रकमको २० प्रतिशत रकमले इच्छाकामना छात्रवृत्ति कोष स्थापना गरिने अर्का सहसंयोजक कल्याण गुभाजुले बताउनु भयो ।

पत्रकार सम्मेलनमा ईच्छाकामनाको राजमार्ग छेउमा रहेको बजारहरुबाट निस्कने फोहोरहरु सिधै त्रिशुली नदीमा फाल्ने गरेकोे बारेमा पत्रकारहरुले जिज्ञासा राखेपछि जवाफ दिदै अब छिट्टै यहाँको फोहोर व्यवस्थापन आधुनिक तरिकाले व्यवस्थित रुपमा फालिने पत्रकार सम्मेलनका प्रमुख अतिथी एवं गाँउपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो ।
महोत्सवका संयोजक एवं इच्छाकामना गाँउपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठको सभातित्वमा सम्पन्न पत्रकार सम्मेलनमा महोत्वस सचिवालय सदस्य आरबी लामाले स्वागत मन्तव्य राख्नुभएको थियो भने चन्द्रमणी सापकोटाले महोत्सवको महत्व, उद्देश्यका बारेमा प्रकाश पार्दै प्रेस विज्ञप्ती वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker