भरतपुर महानगरद्वारा सामुदायिक विद्यालयका एक सय जनालाई छात्रवृत्ति प्रदान

चितवन, ५ भदौँ । भरतपुर महानगरपालिकाले सामुदायिक विद्यालयका एक सयजनालाई छात्रवृत्ति प्रदान गरेको छ । प्राथमिक तहदेखि स्नातक तहसम्मका एक सयजनालाई छात्रवृत्ति वितरण गरेको हो ।आज महानगरपालिकाको सभाहलमा २९ वडाका गरिब, दलित, अल्पसंख्यक, जनजाति, अपाङ्गता, दृष्टिविहीन तथा अन्य समुदायका गरी एक सयजना विद्यार्थीहरुलाई महानगर प्रमुख रेनु दाहालले छात्रवृत्ति प्रदान गर्नुभएको थियो । प्रत्येक विद्यार्थीलाई ५ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो । गरिब विपन्न विद्यार्थी बालबालिकालाई अध्ययनको लागि थप प्रोत्साहन मिलोस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको महानगर प्रमुख दाहालले बताउनुभयो ।छात्रवृत्तिमा पाएको रकम भाईबहिनीहरुले नितान्त पढाइको लागि खर्च गरेर आफ्नो भविष्य सुनिश्चित पार्नुपर्छ, छात्रवृत्तिको सही सदुपयोग गरेर अगाडि बढ्नुहोला’ महानगर प्रमुख रेनु दाहालले भन्नुभयो । उहाँका अनुसार छात्रावृत्तिलाई कोशेढुंगा बनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो । महानगर प्रमुख दाहालले छात्रावृत्तिको रकम आगामी वर्षमा बिस्तारै बढाउँदै लाने प्रतिबद्धता गर्नुभएको थियो । छात्रवृत्तिको लागि भरतपुर महानगरको पहिलो नगर सभाले ५ लाख रकम विनियोजन गरेको थियो । महानगरको दोस्रो नगर सभाले छात्रवृत्तिको लागि ८ लाख रकम विनियोजन गरेको उहाँले बताउनुभयो ।महानगरले शैक्षिक गुणस्तरलाई वृद्धि गर्न धेरै कार्यक्रम ल्याइरहेको छ’ प्रमुख रेनु दाहालले भन्नुभयो, ‘भरतपुर महानगरलाई शैक्षिक हब बनाउन महानगरपालिका अघि बढिरहेको छ ।’ प्रत्येक वडाबाट ३ जना विद्यार्थीहरुलाई छनौट गरी छात्रावृत्ति वितरण गरिएको भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले जानकारी दिनुभयो ।३ जनाको दरले वडाको सिफारिसबाट ८७ जनाले छात्रावृत्ति पाए भने बाँकी १३ जनाले महानगरको सिफारिसबाट छात्रवृत्ति पाएका छन्’ उहाँले भन्नुभयो ।छात्रवृत्ति पाउनेमा ७३ जना महिला र बाँकी पुरुष छन् । जसमा ३६ जना दलित, ३८ जना जनजाति ५ जना अल्पसंख्यक, १ जना अपाङ्गता, १ जना दृष्टिविहीन र अन्य १९ जनाले छात्रवृत्ति पाएका महानगर शैक्षिक प्रशासन शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker