५ किलोमिटर काे भाडा ५० रुपैयाँ

गोरखा, पालुङटार ।
गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ बिरुवाटार देखि नयाँपुल सम्मको दुरी ३.५ किलोमिटर छ । डुम्रे पुग्दा करीब ५ किलाेमिटरकाे दूरीमा ५० रूपैयाँ भाडा लिने गरेका छन् ।  दैनिक आवतजावतका लागी यस स्थानबाट डुम्रे सम्म दिनहुँ ८/१० वटा सवारी साधनहरु गुडने गर्दछन । यस स्थानबाट चल्ने सवारी साधनहरुले चर्को भाडा असुल्ने गरेको भनी स्थानीयहरु क्रुद्ध भएका छन् । कच्ची बाटोमा 5 किलोमिटर बाटोको लागी ५० रुपैयाँ भाडा लिन थालेपछि स्थानीयहरु गाउँगाउँमा सिंहदरबार भनेर स्थानीय सरकार गठन भए पनि स्थानीय सरकारले यसप्रति कुनै चासो नदेखाएको स्थानीयले बताएका छन । यस विषयमा नगरपालिकाको वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठसंग सम्पर्क गर्दा आफ्नो कार्यकक्षमा यसबारे केही नआएको बताउनुभयो । साथै लिखित रुपमा उजुरी आएमा तुरुन्तै व्यवसायीहरुलाई बोलाएर छलफल गर्ने बताउनुभयो । व्यवसायीहरु भने कच्ची बाटोमा सवारी साधन चलाउनुपर्ने कारण र पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएका कारण भाडा बढाउनुपरेको बताएका छन् । भाडादरमा कतै पनि ग्रामीण सडकमा एकरुपता देखिएको छैन् । यसका लागी नियमन निकायका साथै स्थानीय सरकारले ध्यान पुर्याउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker