सुनचादीँको सिण्डीकेटअन्त्य गर्न माग

चितवन,

सरकारले सुनचादीँ व्यवसायमा सिण्डीकेट गरेको भन्दै चितवनका सुनचाँदी व्यापारी आन्दोलनमा उत्रिएका छन् । दुई दिन व्यवसाय वन्द गर्ने घोषण गर्दै ३ बुदेँ मागसहित चितवनका सुनचाँदी व्यापारी आन्दोलनमा उत्रिएका हुन् ।
जिल्ला सदरमुकाम भरतपुर पत्रकार सम्मेलन नै आयोजना गरि चितवनका व्यवसायीहरुले चाडवाडको नजिकिदै गर्दा सुनचादीँ गरगहनाको माग बढ्दा समेत सरकारले आफै सिण्डीकेट लादेको आरोप लगाउदै भोली ५ र ६ गते व्यवसाय नै वन्द गरेर आन्दोलनमा उत्रिएको जनाएका छन् ।
“नेपाल सुनचादीँ व्यवसायी संघ चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा संघ अध्यक्ष जीवनज्योती विश्वकर्माले भने, सरकार आफै सिण्डीकेट गर्छ, माग अनुसार आपूर्ती नहुदाँ उपभोक्ता समेत मारमा छन् । आखिर किन सूनचादीँमा सिण्डीकेट ? उनको प्रश्न थियो । ”
आन्दोलनको कार्यक्रम अन्र्तगत दुई दिन जिल्ला भरिका पसल वन्दसगैँ स्थानिय निकाय, वाणिज्य मन्त्रालय, जिल्ला प्रशासनमा आपूर्ती सहजताको लागि माग प्रस्तुत गर्ने, र ६ गते नेपाल राष्ट्र बैले सुनमा लगाएको सिण्डीकेट खारेज गर भन्ने ब्यानरमा विरोध र्याली समेत आयोजना गर्ने घोषण गरेका थिए ।
नेपाल राष्ट्र बैंकको सिण्डिकेटका कारण यो समस्या आएको व्यवसायीहरुले आरोप लगाउदै १०/१२ जनाको फाईदाका लागि किन सिण्डीकेट भन्दै प्रश्न गरेका थिए ।
चितवनमा सातामा २ केजी मात्रै सुन राष्ट्र बैंकले उपलब्ध गराए पनि यहाँ ५ केजीसम्म माग भएकोे अध्यक्ष विश्वकर्माले जानकारी दिए । जसको मारमा काठमाडौं उपत्यकाका बाहिरका सुनचाँदी व्यवसायीहरु छन् । राष्ट्र बैंकले दैनिक २० किलो सुन वितरण गर्दै आएकोमा काठमाडौंमा ६० प्रतिशत र यसबाहिर ४० प्रतिशत दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker