गोरखाको पालुङटार नगरपालिका वडा नं.७ मा उच्च स्तरको इन्टरनेट उपलब्ध हुने

गोरखाको पालुङटार नगरपालिका वडा नं.७ मा उच्च स्तरको इन्टरनेट उपलब्ध हुने भएको छ । यसअघि यस वडामा इन्टरनेट पहुँच नहुँदा समस्या भएको थियो । वडाका केही २, ४ जना व्यक्तिहरुका घरमा मात्र इन्टरनेट जडान गरिएको थियो । यस वडामा सुविसु, पोखरानेट लगायतका इन्टरनेट प्रदायकहरुले वायरलेस इन्टरनेट प्रदान गर्दै आइरहेका छन । वायरलेस इन्टरनेट सञ्चालन गर्दा विभिन्न समस्याहरु आइरहेको मा अब अप्टिकल मार्फत प्रदान गरिने सो सेवाबाट धेरै लाभान्वित हुने बताइएको छ । खत्री केबल नेटवर्क प्रा.लि. का सञ्चालक समेत रहेका दिनेश खत्रीले उक्त सेवा प्रदान गर्न लागेका हुन । केबल टेलिभिजन संगै इन्टरनेट सेवाको पनि माग अति बढेको कारण आफूले सेवा दिन लागेको नेटवर्क का खत्रीले बताए । अब उक्त सेवाप्रवाहसंगै सेवाग्राहीहरुको आवश्यकताअनुसारको सेवा थप गर्दै जाने खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker