अबदेखि ६ वर्ष देखि १२ सम्मका बालबालिकाले पनि फुटबल खेल्ने

गोरखाको पालुङटार नगरपालिका वडा नं.७ च्याुङ्ली विरुवाटारमा grassroot football सम्बन्धी प्रशिक्षण आजबाट शुरु भएको छ । च्याङ्ली स्पोर्टस क्लब को आयोजनामा आजदेखि प्रशिक्षण कार्यक्रम शुरु गरिएको हो । प्रशिक्षण कार्यक्रमको उदघाटन समारोह बिरुवाटार खेलमैदानमा आज क्लबका अध्यक्ष सन्तोष थापाको सभापतित्वमा सम्पन्न भएको थियो । अखिल नेपाल फूटबल संघ (एन्फा) गोरखाका उपाध्यक्ष लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै पालुुङ्टार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले खेलको माध्यमबाट युवाहरुलाई नैतिक मूल्य मान्यता सिकाउनुका साथै अनुशासित बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममाgrassroot football सम्बन्धी जानकारी तथा यसको औचित्य र उपादेयताको बारेमा अखिल नेपाल फूटबल संघ (एन्फा) गोरखाका कोषाध्यक्ष दिपक गुरुङले प्रष्ट पार्नुभएको थियो । सो अवसरमा बोल्दै प्रशिक्षक सञ्जय वि.क. ले आफूले जानेको सीप आफ्नै गाउँका भाइबहिनीहरुमा हस्तान्तरण गर्न आफू हरदम लाग्ने बताउनुभएको थियो । ६ बर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरुका लागी खेलाइने यस खेलको लागी एन्फाले पनि सहयोग गर्ने बताइएको छ ।

एन्फा गोरखाका उपाध्यक्ष लामाले प्रशिक्षक वि.क लाई फूटबल हस्तान्तरण गरी केही समय खेलेर उदघाटन गरिएको सो grassroot football को प्रशिक्षण निरन्तर रुपमा अघि बढाइरहने समेत अध्यक्ष थापाले बताउनुभयो । कार्यक्रममा फुटबल प्रशिक्षणको लागी भर्ना भएका ६ देखि १२ वर्षका बालबालिकाका अभिभावकहरुलाई समेत grassroot football सम्बन्धी जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker