१ खर्बभन्दा बढी निक्षेप संकलन गर्ने २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा अगाडि एनआईसी एसिया बैंक

काठमाडौं,

गत आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकमध्ये १ खर्बभन्दा बढी निक्षेप संकलन गर्ने ७ वटा बैंक रहेका छन् । जसमध्ये निक्षेपमा सबैभन्दा अगाडि एनआईसी एसिया बैंक रहेको छ । उक्त बैंकले १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रनिक्षेप जम्मा गरेको छ ।

त्यस्तै दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । सो बैंकले १ खर्ब ४० अर्ब ७ करोड रुपैयाँ, तेस्रो स्थानमा रहेको नबिल बैंकले १ खर्ब ३५ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यसैगरी एभरेष्ट बैंकले १ खर्ब १४ अर्ब ८५ करोड, ग्लोबल आइएमई बैंकको १ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ, कृषि विकास बैैकको १ खर्ब ५ अर्ब ६४ लाख रुपैयाँ र सिद्धार्थ बैंकको १ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ निक्षेप रहेको छ । २७ वटा वाणिज्य बैंकहरुले कुल २३ खर्ब ३ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

निक्षेप संकलनमा सबैभन्दा कमजोर सिभिल बैंक देखिएको छ । यस बैंकले जम्मा ४० अर्ब १ करोड २६ लाख रुपैयाँ मात्र निक्षेप संकलन गरेको छ । कर्जामा पनि सिभिल नै कमजोर देखिएको छ । यस बैंकले सबैभन्दा कम ३९ अर्ब ४० करोड ९ लाख रुपैयाँ लगानी गरेको छ ।

करिब २३ खर्ब ३ अर्ब ५४ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले कर्जामा १९ खर्ब ९१ अर्ब ५५ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ । १ खर्ब भन्दामाथि लगानी गर्नेमा ३ बैंक मात्र रहेका छन् । जसमा एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंक रहेका छ । कर्जा लगानीमा पनि सबैभन्दा अगाडि एनआईसी एसिया बैंक नै रहेको छ ।

जसले कर्जा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब २० अर्ब ४० करोड रुपैयाँ र नबिल बैंकको १ खर्ब १२ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker