गोरखाको पालुङटार नगरपालिका वडा नं.७ विरुवाटारमा रमितेको रमिता नाटक मञ्चन

गोरखा,
गोरखाको पालुङटार नगरपालिका वडा नं.७ विरुवाटारमा रमितेको रमिता कचहरी नाटक मञ्चन गरिएको छ । भूकम्पपश्चातको पुननिर्माणमा सहयोग गर्ने उद्धेश्यका साथ भारत सरकारको सहयोग प्राप्त नेपाल आवास पुन निर्माण परियोजनाको सहकार्यमा उक्त नाटक मञ्चन गरिएको हो । नाटकमा भूकम्प पछि घर निर्माणका लागी लाभग्राहीहरुका लागी आवश्यक पर्ने सहयोग सल्लाह तथा परामर्श कहाँ कहाँबाट कसरी प्राप्त गर्ने भन्ने विषयवस्तु सरल र सहज रुपमा समेटिएको थियो । नाटक मेरो घरको निर्माण मेरै नेतृत्वमा भन्ने मुल नारासहित यूनडिपी र ओडिआरसीको सहकार्यमा तयार पारिएको नाटकका निर्देशक जीवन बरालले बताउनुभयो ।


त्यस्तै नाटक वडा नं. ८ को धुवाँकोटमा पनि आजै मञ्चन गरिएको थियो भने भोलि विहान ८ बजे पालुङ्टार नगरपालिका वडा नं. ६ को लामबगैंचामा, दिउँसो १ बजे वडा नं. ९ को विर्दी मा र ४ वजे वडा नं. १० को बागडाँडामा मञ्चन गरिने नाटकका निर्देशक बरालले जानकारी दिनुभयो । उहाँका अनुसार सो नाटक गोरखाका विभिन्न ६० स्थानहरुमा प्रदर्शन गरिनेछ ।
नेपाल आवास पुन निर्माण परियोजनाले गोरखाका विभिन्न स्थानहरुमा निशुल्क नक्सा बनाइदिने, लाभग्राहीहरुलाई घर पुन निर्माणको लागी प्राविधिक र सामाजिक सहयोगका साथै भूमिहिनहरुलाई जग्गा प्राप्तिको लागी सहजीकरण समेत गर्दै आइरहेको छ । हालसम्म पालुङ्टार नगरपालिका वडा नं. ६ देखि १० सम्मका गरी कूल ३६९७ लाभग्राहीमध्ये १५७५ जनाले घर निर्माण कार्य सम्पन्न गरी तेश्रो किस्ता प्राप्त गरिसकेका परियोजना अन्तर्गत क्लष्टर २ का टिम संयोजक रघुनाथ रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजना शुरु भएदेखि हालसम्म २९६ जनाले सेवा प्राप्त गरिसकेका छन्, जसमध्ये २१७ जनाको नक्सा तयार भइसकेको छ भने ६६ जनालाई हस्तान्तरण गरिसकिएको छ र ३१ जनाले नगरपालिकाबाट इजाजत प्राप्त गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker