प्रदेश सरकार स्थानीय सरकार संग साजेदारी गरेर विकास गर्न तयार – मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतीक योजना तथा पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकार स्थानीय सरकार संग साजेदारी गरेर विकास गर्न तयार रहेको बताउनु भएको छ । पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकोटको रातमाटामा रहेको अकला मा. वि.को भवन उत्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नगरपालिका संग साजेदार गरेर प्रदेश सरकारले तीस लाख र नगपालिकाले तीस लाख लगानी गरेर बाटो बनाउन लागेको भन्दै सरकार साजेदारीमा बिकास गर्न तयार रहेको बताउनुभएको हो । सोहि अबसरमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वस्नेतले यस क्षेत्रमा पानी र सिञ्चाईको आवश्यकता रहेको भन्दै यस क्षेत्रमा भुमिगत सिञ्चाईका लागी ७५ लाख बिनियोजन गरेको बताउनुभयो । देश अब समृद्धीको दिसामा अघि बढ्ने भन्दै मन्त्री बस्नेतले यस वर्ष बिनियोजन गरेको बजेट कार्यान्वयन भयो भने बिकास आँखाले देखिने गरेर प्रारम्भ भएको हेर्न पाइने बताउनु भएको छ । अहिलेको प्रदेश सरकारले सुशासन कायम गर्ने, भ्रष्टाचार न्युनिकरण गर्ने, जनतालाई सचेत र सङकल्पित गरेर बिकास निर्माणमा जनताको सहभागीता सुनिस्चित गर्ने उहाँको भनाई छ । उहाँले देशमा अहिले तीन तहको सरकार रहेको र वर्तमान सरकारहरु जनताको सेवामा तल्लीन हुनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले अब मुलुक विकास निर्माणको दिसा तिर अग्रसर भएको भन्नु हुँदै स्थानिय सरकार, प्रदेश सरकारले र संघिय सरकारले नयाँ बजेट ल्याएको स्मरण गर्नु हुँदै अहिले केहि मान्छेहरुले अहिलेको सरकारले केही काम गरेन महङगी बढायो भन्ने जुन कुरो अहिले सडकमा आएको छ त्यो ओइयात कुरा भएको भन्दै उहाँले साउनमा बजेट ल्याएको सरकारले साउन महिना नसकिँदै काम नगरेको भन्नु गलत भएको बताउनु भयो । उहाँले केहि समय पछी यहि भुमीमा प्रदेश सरकारले पानी उमारेर देखाउने प्रतिबद्धता व्यक्त गनुभयो । एक फरक प्रसंगमा उहाँले अहिले नै सरकारको मुल्याङकन गर्ने बेला नभएको बताउनु भयो ।
सोहि कार्यक्रमको बिषेश अतिथि समेत रहनुभएका पालुङटार नगर प्रमुख दिपक बाबु कंडेलले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै शिक्षा र श्वास्थ्यमा परिवर्तन गर्न सके मात्र नगरपालिकालाई परिवर्तन गर्न सकिने बताउनु भएको छ । हामीले खोजेको संमृद्धी कलिला भाईबहिनीको हातामा रहेकोले उनीहरुको भविश्य प्रति हामी सबै सचेत हुनु पर्नेमा जोड दिनुभयो । पालुङटार नगर उप प्रमुख पम्फा बसेल विषेस अतिथि रहनु भएको कार्यक्रममा राम प्रसाद आचार्य, चन्द्रबहादुर खड्का, शंकार राज कंडेल, तारा नाथ उप्रती, गजेन्द्र अग्रवाल, भास्कर ढकाल र कञ्चन अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । अकला मा. वि.मा भूकम्पले क्षत बिक्षत बनाएको भवनको पूनः निर्माण राउण्ड टेवल नपालको सहयोगमा ४ कोठे र ८ कोठे गरी दुई वटा भवन बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker