ताइवानको एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु

बीबीसी – ताइवानको एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ । स्थानीय समयानुसार सोमवार बिहान ४ः३६ बजे न्यू ताइपेई सिटीस्थित अस्पतालको सातौँ तलाबाट सो आगो फैलिएको थियो ।

आगोका कारण अस्पतालमा उपचार गराउँदै गरेका बिरामी र कर्मचारीसहित झन्डै १६ जना गम्भीर घाइते भएका छन् ।आगलागीको कारण खुलेको छैन । तर गुडाउन मिल्ने एउटा खाटमा भएको विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने सञ्चारमाध्यममा प्रकाशित विवरणमा उल्लेख छ ।

आगो लागेपछि ३३ जना बिरामी र तीन जना कर्मचारीलाई सो अस्पतालबाट बाहिर निकालिएको थियो । राज्यद्वारा सञ्चालित सेन्ट्रल न्यूज एजेन्सीका अनुसार आगो सुरु भएको वार्डमा धूवाँ बाहिर निकाल्ने उपकरण नभएको पाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker