समृद्धिको मूख्य आधार पर्यटन –मन्त्री गुरुङ्ग

अमरराज नहर्की
दमौली , साउन २६ गते । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले गण्डकी प्रदेशको समृद्धिको मूख्य आधार पर्यटन भएको बताउनु भएको छ । तनहुँको दमौली स्थित व्यास वचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक पर्यटकिय क्षेत्र भएकोले यसकै माध्यमले समृद्धी ध्याउन प्रदेश सरकारले प्राथमिकता दिएको बताउनु भयो ।
पर्यटको थप बृद्धिको लागि पोखरामा अन्तराष्ट्रिय स्तरको म्यूजियम बनाइने लागिएको बताउनु भयो । धार्मिक पर्यटक बढाउनको लागि धार्मीक एवं पुरातात्विक महत्वका मठमन्दिरको उचित संरक्षण गर्न प्रदेश सरकार लागिरहेको पनि उहाँले बताउनु भयो । पर्यटनको मात्रै नभई जलस्रोत पनि गण्डकी प्रदेश धनी भएकोले जलविद्युत निमार्ण ,सिंचाई र कृषिमा आधुनिकी करणको माध्यमले सबै भन्दा नमुना प्रदेश बनाउन सकिने हुँदा सोही अनुसारको काम भईरहेको मन्त्री गुरुङले जानकारी दिनु भयो । सुखी नेपाली र समृद्ध नेपाल बनाउनको लागि सूशासन र पार्दशितको लागि अनुगमन तिब्र गरिने र दोषीलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन दिईने मन्त्री गुरुङको भनाई थियो ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा व्यास नगर पालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतकाले सहकारीको विकास हुन सके गरीवी निवारणमा टेवा मिल्ने कुरामा जोड दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker