लागु औषध सहित तनहुँ प्रहरीले दुई जनालाई पक्राउ

तनहुँ , साउन २६ गते ।

लागु औषध सहित तनहुँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–२ वसपार्कबाट सुनौलीबाट पोखरा जाँदै गरेको ना ४ ख ५६५१ नं.को बस चेकजाच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी शिद्धिविक्रम शाहले जानकारी दिनु भयो ।

एसपी शाहका अनुसार पक्राउ पर्नेमा काभ्रे जिल्लाको साविक माझीफेदा गाविस–१ स्थायी घर भई हाल कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१३ बस्ने बर्ष २७ को ईश्वर लामा र कास्कीको अन्नपुर्ण– ४ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका –८ जिरो किमी बस्ने बर्ष २६ को अपार गुरुङ रहेका छन् ।

शनिबार राती साढे १ बजे शङ्का लागि चेकजाँच गर्दा पछाडी सिटमा बसेका उनिहरुको साथबाट झोलामा लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध डाईजोपाम ५६ एम्पुल,फेनेरागन ५६ एम्पुल र नुफिन ५६ एम्पुल गरी जम्मा १६८ थान बरामद भएकोले निजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनिहरुलाई औषध मुद्दामा तनहुँ जिल्ला अदातलबाट आईतबार म्याद थप गरी थप अनुसन्धान भै रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker