सुरक्षित स्थानमा बस्न प्रशासनको आग्रह

तनहुँ समाचारदाता
दमौली , साउन २८ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले वर्षायाममा अत्याधिक वर्षा भै रहने र खोला नालाहरुमा पानीको बहाब बढ्ने हुँदा सुरक्षित स्थानमा रहन जिल्लावासीलाई आग्रह गरेको छ ।
मौसम पूर्वअनुमान महाशाखाले पनि सोमबार र मङ्गलबार बढी वर्षा हुने जनाएको स्मरण गर्दै प्रशासनले सुरक्षित रहन आग्रहग गरेको छ । सुरक्षित रहनको लागि प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सोमबार एक सूचना जारी गर्नु भएको छ । सूचनामा बाढी, पहिरो, डुवान, कटान जस्ता विपद्का समस्याहरु उत्पन्न हुन सक्ने उल्लेख गरिएको छ । त्यस्ता समस्याहरुवाट विभिन्न किसिमका क्षती पुग्न जाने भएकोले वर्षादको समयमा सजगता अपनाई बाढि, पहिरो, डुवान हुन सक्ने संभावित जोखिमयुक्त ठाउंहरुमा नगई सुरक्षित स्थानमा बस्न सूचनामा आग्रह गरिएको छ ।
जिल्ला स्थित विभिन्न रेडियो मार्पmत सूचना जारी गरी प्रशासनले सर्तक रहन आग्रह गरेको । भुकम्पले क्षेती पुगेको ठाउँमा जोखिम बढी हुने हुँदा त्यसमा पनि सजक भएर बस्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker